फोटो फिचर

टुडिखेलमा माघीपर्व मनाइँदै (फोटोफिचर)

आज माघीपर्व मनाइँदै छ। विशेषगरी थारु र मगर समुदायले माघीपर्व मनाउने गर्दछन्।

थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँने गर्छन्।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ। माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ।

तर पछिल्लो समय काठमाडौंको टुडिखेलमा पनि माघीपर्व मनाइने गरिन्छ। आज टुडिखेलमा विभिन्न कार्यक्रमहरु गरी माघीपर्व धुमधामका साथ मनाइएको छ।

 

 

माघीपर्व