फोटो फिचर

नयाँवर्ष स्वागतार्थ रातभर झुम्यो लेकसाइड

अंग्रेजी नयाँवर्ष २०२३ को स्वागतार्थ पोखरा लेकसाइडमा आयोजित सडक महोत्सवका क्रममा शनिबार मध्यरात आतसबाजी गरिँदै। तस्बिरः उमेश पुन/नागरिक

अंग्रेजी नयाँ वर्ष २०२३ को स्वागतार्थ शनिबारको रात पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड रातभर झुम्यो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) ले पोखरामा आयोजना गरेको सडक महोत्सवमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक होमिएका थिए।  

हजारौंको संख्यामा लेकसाइडमा पाहुना पुग्दा पर्यटकीय क्षेत्र पुरै भीडभाड बनेको थियो। बेलुकी देखि सुरु भएको भीड आइतबार बिहानसम्म पनि उत्तिकै थिया । सडक महोत्सवले पोखरामा वर्षेनी यो अवसरमा कम्तिमा ३ लाख आन्तरिक पाहुना उतार्ने व्यवसायीको अनुमान छ।  

नयाँवर्ष स्वागतार्थ मध्यरात १२ बजे आतसबाजी पनि गरिएको थियो। आतसबाजीले गर्दा मध्यरात पोखरा गुञ्जायमान बनेको थियो। पाँचदिनका लागि हरेक वर्ष एकै समयमा आयोजना हुने यो महोत्सवले पोखरामा पाहुना आगमन बढाउने व्यवसायीले बताउने गरेका छन।  

प्रकाशित: १७ पुस २०७९ ०७:३२ आइतबार

अंग्रेजी नयाँवर्ष २०२३ पोखराको पर्यटकीय क्षेत्र लेकसाइड