फोटो फिचर

ताप्लेजुङमा यसरी मनाइयो पूर्व विद्यार्थी सङ्गठनको पाँचौँ स्थापना दिवस (फोटोफिचर)

राष्ट्रिसेवा दल (एनसिसी) पूर्व विद्यार्थी सङ्गठनको पाँचौँ स्थापना दिवसका अवसरमा ताप्लेजुङका जनचेतनामूलक कार्यक्रम,सफाई र प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।  

स्थानीय भीमकाली गुल्मको संयोजन तथा एनसीसीमा आबद्ध विद्यालय तथा विद्यार्थीको सहभागितामा स्थापना दिवस मनाइएको हो। फुङलिङ नगरपालिका वडा नं. ४ स्थित लिटलबुद्ध आवासीय मावि,फुङलिङ नगरपालिका वडा नं. ९ स्थित जनता मावि हाङदेवा र फुङलिङ नगरपालिका वडा नं. ७ स्थित युवाबर्ष मावि कलेज कै एनसिसीमा आबद्ध विद्यार्थी सहभागी थिए।  

भीमकाली गुल्मका गुल्मपति अतिद श्रेष्ठले गुल्मबाट सुरु भएको प्रभातफेरी वीरेन्द्र चौकमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको बताए। त्यहाँ एनसिसीमा आबद्ध विद्यार्थीले एरो बिक नृत्य देखाएका थिए। त्यहीँ आगलागी नियन्त्रणका उपाय बारे एनसिसीमा आबद्ध विद्यार्थीले जनचेतनामूलक नमुना अभ्यास समेत गरेका थिए।  

मदिरा तथा लागु औषधको प्रयोग र यसले बिगारिरहेको जनजीवनलाई कसरी सुधार्ने भन्ने बिषयमा समेत लिटलबुद्धका विद्यार्थीले चेतनामूलक सडक नाटक प्रस्तुत गरेका थिए। स्थापना दिवसकै अवसरमा तोक्मेडाँडामा रहेको किराँतेश्वर मन्दिर र आसपास सरसफाइ समेत गरिएको थियो।  

तस्बिरहरू

राष्ट्रिसेवा दल (एनसिसी) पूर्व विद्यार्थी सङ्गठन ताप्लेजुङ