फोटो फिचर

फेरिएका प्रतिनिधि, नेफेरिएको काठमाडौं(फोटोफिचर)

प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ। अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीच रस्साकस्सी छ। कुनैपनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरु छन्। आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरु जिल्लावासीहरुसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदैछन्। 

अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ। आम जनताहरु देश विकासमा राजनीतिक दलहरुले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ। किनभने ठूला मानिएका राजनीतिक दलहरुका अगाडि नयाँ शक्तिहरुको उदय भएको छ। जनताले विकास चाहेका छन् त्यो पनि तिब्र गतिमा। तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल सावित हुन सकिरहेको छैन। अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारणहरु आशावादी छन्। तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन। जताततै अस्तव्यस्त देखिन्छ। भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन। विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन। त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ। 

प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिव १ महिना पुग्नै लागेको छ। तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरु धेरै भेटिन्छन्। मर्मतसम्भारका लागि शुरु गरिएका ठाउँहरुमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरुको खासै चासो देखिँदैन। न त राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन्। न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाईको काम भएको छ। एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरुले खासै चासो दिएको देखिँदैन। आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ। तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरुले जनतालाई झुटो आश्वासनहरु दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरुको भविष्य धरापमा पर्ने निश्चित छ। 

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका अस्तव्यस्त काठमाडौंका यी तस्बिरहरु:

Bhaisepati
Tudhikhel
Tinkune
Tinkune divider
Tinkune bagmati
Singhdarbar,brikutimandap
Satdobato-lagankhel road
Patan Darbar
New Road parking
Mangal Bazaar road
Lubhu Road
Kumaripati Traffic Signal
Gongabu
Gongabu
Dukuchhap,Lalitpur
खुशी 20%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 80%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App