फोटो फिचर

लैङ्गिक हिंसा विरुद्ध जोन्टा क्लब अफ काठमाडौंको वाकाथन

जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा विरुद्ध वाकाथन गरेको छ। शनिबार क्लबले महिला तथा बालबालिका माथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवर्द्धन गर्न वाकाथनको आयोजना गरेको हो।  

जोन्टा क्लब अफ काठमाण्डूले काठमाडौंको दरबारमार्गबाट निकालेको  वाकाथन वसन्तपुर दरबार स्क्वायर पुगेको थियो। वाकाथनमा करिब ५०० भन्दा बढीको सहभागीता रहेको थियो।  

जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष आभा शाहले भने, ‘आगामी १६ दिनमा यस वाकाथन र अन्य कार्यक्रमहरु मार्फत, हामी यस विषयमा सतर्कता सिर्जना गर्ने र घरेलु हिसांबाट बचेकाहरुलाई समर्थन गर्ने लैङ्गिक हिंसा अन्त्य गर्न काम गर्ने कार्यकर्ताहरुलाई एकताबद्ध गर्ने र महिला अधिकार आन्दोलनको लागि एकता सिर्जना गर्ने कुरामा प्रकाश पार्ने छौँ।’

बसन्तपुर दरबार स्क्वायरमा पुगेर कोण सभामा परिणत भएको वकाथनमा कथा घेराले लैंगिक हिंसाविरूद्ध सशक्त सन्देश सहितको नाटक प्रस्तुत गरेर कार्यक्रमको समापन भएको थियो।  

तस्बिरहरूः

जोन्टा क्लब अफ काठमाडौं photo feature लैङ्गिक हिंसा