लन्डन—वेलायती युवराज विलियम र युवराज्ञी केट तीन दिनदेखि चिनियाँ राष्ट्रपति सी जिङपिङ र उनकी ग्लामर्स श्रीमतीलाई स्वागतका लागि व्यस्त थिए। स्कटल्यान्डको भ्रमणमा रहेका उनीहरुले चिनियाँ राष्ट्रपतिसँगको भेटघाटपछि पनि आफ्नो यात्रालाई जारी राखेका छन्।
शुक्रबार युवराज विलियम्स तथा डुके एन्ड डचेज अफ क्याम्ब्रिजका नामले सम्बोधन गरिने युवराज्ञी केट चौथो ठूलो सहर डुन्डे भ्रमणमा छन्।
स्कटिस डिजाइनरले सो कोट डिजाइन गरेको वेलायती पत्रिका डेली मेलले जनाएको छ। पहिलो आधिकारिक डुन्डे भ्रमणमा निस्केका शाही दम्पत्तिले मानसिक स्वास्थ्यको विषयलाई उठान गरेका छन्। उनीहरुको भ्रमणको मुख्य उद्देश्य युवामा मानसिक शान्ति केन्द्रित रहेको बताइएको छ।
डुन्डे भ्रमणमा युवराज्ञीले लगाएको निलो डिजाइनको कोटले वेलायतभरि निकै चर्चा पाएको छ।
सबै तस्विरः डेलीमेल