अन्य

कहिले सोच्ने?

गोरखा जिल्लाको दरौंदी खोलामा कालिका कन्सट्रक्सनद्वारा निर्माणाधीन ६ मेगावाटको दरौंदी ए जलविद्युत आयोजनाको सुरुङमा काम गर्दै मजदुरहरू।भूकम्पपछि केही ठूला आयोजनाका काम अझै अघि बढ्न सकेको छैन भने सरकारी आयोजनामा त सुरुवात हुने छाँटकाँट नै देखिन्न। निजी आयोजनाहरूले धमाधम काम सुरु गरिसक्दा सरकारी आयोजनालाई 'के खोज्छस् कानो आँखा' भनेजस्तै भएको होला। यस्तो ढिलासुस्ती कहिलेसम्म हो? सरकारी कामकारबाहीप्रति जनतामा विश्वास पलाउन नसक्नु यस्तै कुराहरूले नै त हो। सोच्ने कसले?

प्रकाशित: १८ भाद्र २०७२ २३:०८ शुक्रबार