भूकम्प गएको पनि सय दिन पुगिसक्यो। सिन्धुपाल्चोक र दोलखामा यसपालिको भूकम्पले अत्यधिक क्षति पुर्यादयो। धेरै दिनसम्म पीडितहरूका लागि खाने–सुत्ने ठेगानै भएन। अहिले पनि धेरै जना अभावमै जीवन बिताइरहेका छन् । मनभित्र भूकम्पको मनोवैज्ञानिक त्रास अझै हटिसकेको छैन। तर, दैनिकी सामान्य बनिसकेको छ।सुखदुःख जिन्दगी बिताउनुछ भने सधैं आँसु बगाएर र मलिन अनुहार लगाएर बस्ने कुरा पनि भएन। रातपछि बिहानको आशा गरेझैं मान्छेले जीवनप्रतिको आशा मार्नुहुन्न। यस्तै आशा बोकेका युवा हुन्, सिन्धुपाल्चोक साँगाचोकका यी विष्णु तामाङ। हर्रे डाँडास्थित रूखको शीतल छायाँमा उनी बिन्दास पाराले निदाइरहेका थिए। दुई दिनको जिन्दगानी भनेकै घामछायाँ न हो!
प्रकाशित: २२ श्रावण २०७२ २२:२५ शुक्रबार