सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित गैरीगाउँको निर्माणाधीन घरमा राखिएको टेन्टको तस्बिर हो यो। भूकम्पको डरले घरबाहिर बस्नु स्वाभाविक हो। तर, घरभित्र यसरी टेन्ट हालेर बस्नेलाई के भन्ने? डरले त पक्कै होइन। टेन्ट बिग्रने डरले पनि होइन होला! वरिपरि बारेर बस्न मिल्ने घरमा यसरी टेन्ट हाल्नु पक्कै पनि दुरुपयोग हो। एउटा गरिब पीडितकहाँ यो टेन्ट पुगेको भए उसका लागि कति राहत हुन्थ्यो होला? 'सित्तैमा पाए अलकत्रा पनि खाने' उखान यस्तै प्रवृत्ति भएकाहरूका लागि बनेको होला। यो घर एमाओवादीले सहिद स्मृति प्रतिष्ठानका लागि बनाएको रहेछ। 'जनताको सेवामा लागेको' भन्ने पार्टीले भवनभित्रै राखिएको यो टेन्ट कुनै बिचल्लीमा परेका पीडितलाई दिएको भए त्यो जत्तिको सत्कर्म के हुन्थ्यो होला र!
प्रकाशित: १५ श्रावण २०७२ २२:३३ शुक्रबार