अन्य

लागुऔषध गाँजासहित एक पक्राउ

गौशाला- जिल्लाको हलखोरी गाविसबाट १५० किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा हलखोरी गाविस–५ बस्ने ५५ वर्षीय शिवलाल चमार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।सुराकीको आधारमा प्रहरी निरीक्षक नरेश महतोको नेतृत्वमा गएको प्रहरी टोलीले हलखोरी–५ मा अवस्थित शिवलाल चमारको गाईगोठमा लुकाइराखेको अवस्थामा सो परिमाणको लागुऔषध गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।

टोलीले चमारको गाईगोठमा प्लास्टिकको ११ वटा बोरामा मेसिनले च्यापेर प्याक गरिएको १५० किलोग्राम लागुऔषध गाँजा बरामद गरी चमारलाई पनि पक्राउ गरिएको जानकारी उनले दिए।

 पक्राउ परेका चमारले भारतमा गैरकानुनी रुपमा यसको तस्करी गर्ने गरेको भन्दै उनीमाथि लागुऔषध मुद्दा चलाउने तयारी भइरहेको जिप्रकाले जनाएको छ।

प्रकाशित: ८ भाद्र २०७१ २३:१० आइतबार