अन्य

भारततर्फ लैजाँदै गरेका दुई बालिकाको उद्धार

कञ्चनपुर- भारततर्फ लैजाँदै गरेका दुई बालिकाको इलाका प्रहरी कार्यालय गडडाचौकी कञ्चनपुरले उद्धार गरेको छ।

नुवाकोट रातविस गाविस– ८ का १४ वर्षीय लक्ष्मी नेपाली र सोही गाविस –४ का ९ वर्षीया विष्णुमाया नेपालीलाई भारततर्फ लैजाँदै गरेका बेला प्रहरीले हिजो साँझ सीमा नाकाबाट उद्धार गरेको हो।

 विवाह गर्ने प्रलोभनमा पारेर दुवै बालिकालाई भारततर्फ लग्ने कार्यमा संलग्न नुवाकोट रातविस गाविसका २२ वर्षीय पुस्कर नेपाली र २६ वर्षीय कुमार नेपालीलाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।

अलगअलग मोटरसाइकलमा दुवै बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा बालिकाको उद्धार गरिको उनले बताए।
उद्धार गरिएका दुवै बालिकालाई माइती नेपाल कञ्चनपुरको आवधिक गृहमा राखिएको र बालिकालाई प्रलोभनमा पार्ने दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा पठाइएको छ।

प्रकाशित: ८ भाद्र २०७१ २३:०५ आइतबार