अन्य

बिहेपछिकै सेक्स उत्तम : सुपी थापा, कलाकार

तपाईंको बुझाइमा सेक्स?
शारीरिक आवश्यकता।विवाहपूर्वको सेक्सलाई कसरी लिनुहुन्छ?
हाम्रो संस्कृतिमा बिहेपछिको सेक्स नै मान्य छ। त्यसैले म बिहेपछिको सेक्स नै उत्तम हो।

सेक्सको चाहना महिलामा बढी हुन्छ कि पुरुषमा?
पुरुषमा।

तपाईंको नजरमा नेपालको सबैभन्दा 'सेक्स अपिलिङ' पुरुष?
अहिलेसम्म त मेरो नजरमा त्यस्तो कोही छैन।

ननभेज जोक कत्तिको सुनिन्छ र सुनाइन्छ?
अहिलेसम्म मलाई कसैले सेक्स जोक सुनाएको छैन। मैले पनि कसैलाई ननभेज जोक सुनाएकी छैन।

सेक्सबारे खुला बहस कत्तिको आवश्यक छ?
सेक्सबारे सही वा गलत कुरा थाहा पाउन यसबारे पर्याप्त बहस गरिनुपर्छ।
प्रस्तुतिः जयन

प्रकाशित: ९ जेष्ठ २०७१ ०९:४७ शुक्रबार