अन्य

भयंकर विस्फोट हुँदै तीव्र वेगमा उछिट्टियो एउटा तारा : खगोलशास्त्री

ठूलो विस्फोटपछि अन्तरिक्षमा एउटा अद्भूत तारा तीव्र वेगमा हुत्तिएको खगोलशास्त्रीले बताएका छन्।  

उनीहरूका अनुसार सुपरनोभा (विस्फोट प्रक्रिया) बनेपछि तारा प्रायः नष्ट हुन्छन्। तर उक्त तारामा यस्तो विस्फोटन आंशिक रूपमा मात्र भएकाले त्यो नष्ट हुन नसकी ९ लाख किलोमिटर प्रतिघण्टा वेगमा अन्तरिक्षमा उछिट्टिएको हो।  

खगोलशास्त्रीका अनुसार ‘ह्वाइट ड्वार्फ’ नामको त्यो ताराले अर्को तारालाई परिक्रमा गर्थ्यो। त्यो तारा सुपरनोभा प्रक्रियाबमोजिम विस्फोट हुने क्रममा अर्काे तारा पनि विपरीत दिशामा उछिट्टिएको हुन सक्ने अनुमान उनीहरूले गरेका छन्।  

तर त्यो अर्काे ताराको अवस्था अहिले पत्ता लगाउन नसकिएको  खगोलशास्त्रीले बताएका छन्।  

‘मन्थ्ली नोटिसेज् अफ द रोयल एस्ट्रनमिकल सोसाईअटी’ जर्नलमा प्रकाशित शोधअनुसार सन् २०१५ मा पत्ता लागेको उक्त ताराको वायुमण्डलीय संरचना असामान्य थियो।

त्यसमा हाईड्रोजन र हिलियम दुवै ग्यास थिएनन्। बरु अक्सिजन, निअन, म्याग्निजम र सिलिकनको अस्वाभाविक मिश्रण थियो।  स्राेत : बिबिसी

प्रकाशित: १ श्रावण २०७७ ०८:२० बिहीबार

तारा विस्फोटन खगोलशास्त्री