अन्य

सानो मने

कविता

सन्ध्या शर्मा

कक्षा – ७,

इमिनेट कंचनजंघा इङलिस बोर्डिङ स्कुल, झापा ।

कतातिर गयो मेरो सानो मने पाठो,

हेर्दामा थ्यो सानो तर थियो बाठो।

उकालीमा खोजें ओरालीमा खोजें,

खेतबारी गयो कता सबैतिर खोजें।

खोला थियो नजिकै उतैतिर गयो कि,

खाल्डाखुल्डी नजिकै त्यहीँ कतै परयो कि।

बिहान उठ्नेबित्तिकै गरयो सधैं म्याँम्याँ,

मेरो छेउमा आई नाँच्दै गर्थ्यो ऊ म्याँम्याँ।

बुबु खाई आमाको हुन्थ्यो ऊ फुरुक्क,

नुनु लागे छेउमा निदाउँथ्यो ऊ भुसुक्क।

कतातिर गयो मेरो सानो मने पाठो,

हेर्दामा थ्यो सानो तर थियो बाठो।

प्रकाशित: ३० जेष्ठ २०७७ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App