अन्य

सिंह पाल्ने सोख छ

हार्दिक न्यौपाने,  

कक्षा –२,

अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।  

मलाई सिंह धेरै मन पर्छ । सबै जनावर मन पर्छ । तर सिंहचाहिं धेरै मन पर्छ । सिंहचाहिं डेन्जर हुन्छ । भेट्यो भने दशएघार वटा हरिण खाइदिन सक्छ । घरको दुई फ्लोरबाट जम्प गर्न सक्छ ।  सिंह बाघ जस्तो हुन्छ । तर कलर फरक हुन्छ । सिंहको टाउकोमा कपाल हुन्छ । त्यही हो फरक । सिंह पहेंलो कलरको हुन्छ ।  

सिहं पाल्यो भने धेरै फाइदा छ । सिंहलाई  दिनहुँ मासु दिनुपर्छ । सिंहलाई मासु दिंदा हामीले पनि दिनहुँ मासु खान पाउछौं । कि सिंहलाई पनि भेजिटेरिएन बनाइदिने हो कि ? तर सकिंदैन होला । मासुभित्र साग र भात हालिदियो भने खानी बानी पनि पर्न सक्छ किन ? त्यसलाई जहिल्यै खानी रंगले साग पेन्टिङ गरिदियो भने मासु नै भन्ठान्न पनि सक्छ कि । रङ हाल्दैमा कसरी खाला र ?  बास्ना सुँघ्दा मासु जस्तो बास्ना  आउँदैन होला फेरि । जहिल्यै मासु खुवाउन के सकिएला र ? खसी र बाख्रा त महँगो हुन्छ । चिकेन खान्छ होला कि खाँदैन होला ? पनिर ल्याएको दिन पनि पनि दिन्छु । खान्छ होला किन ?  

सिंह पाल्यो भने हाम्रो घरमा कोही गुण्डा आयो भने खाइदिन्छ । हाम्रो सेफ्टीका लागि पनि पाल्न लागेको हो । त्यसको फिलिङस् बुझ्नुपर्छ ।  त्यसले भनेको बुझ्नुुपर्छ । अनि पाल्न सजिलो हुन्छ । त्यसलाई धेरै दुख दिएन भने, त्यसलाई जिस्काएन भने त्यो हाम्रो फ्रेन्ड बन्न सक्छ । समाउन कठिन छ । शिकारी बोलायो भने मजाले समाइदिन्छ होला । बच्चा समाउनी हो । घरमा लगेर त्यसलाई स्याहार गरेर ठूलो भएपछि त्यो आफैं फ्रेन्ड भइहाल्छ । बाघ, सिहं किन्ने ठाउँ छ होला कि छैन होला ?  

घरमा धेरै ठाउँ छैन । सिंह पाल्न गिता दिदीको जग्गा भएको ठाउँमा अर्काे घर बनाउँछु । त्यहाँ ठूलो झरना पनि छ । लकडाउन खुलेपछि झरनामा गएर फोटो पनि खिच्छु ।  

 हार्दिक न्यौपाने –  वनजंगल जोगाऔं

पाल्न त खोज्छु । तर कहाँ पाइन्छ होला डेन्जरस एनिमल ? बाघ र सिंह पाइएन भने कुकुर भने पनि पालौंला नि । कुकुर पनि डेन्जरस नै हुन्छ नि । एलक्सन मालामुट कुकुर पाल्ने हो । यो पनि डेन्जरस् हुन्छ ।  

सिंहबाहेक हात्ती, जरायो, जेब्रा, जिराफ पाल्न मन छ । कोब्रा, अजिंगर पनि पाल्न मन छ । धेरै विष भएको साप, माउसुलो पनि पाल्न मन छ । विच्छीमा पनि विष हुन्छ । मलाई डेन्जरस एनिमल पाल्न मन छ । तर के गर्नु सबै पाल्न मिल्दैन । ठाउँ नै छैन । ठाउँ भए म चिडियाघरै बनाइदिन्थे । गुरिल्ला समेत पाल्न मन छ । डाइनोसर समेत पाल्न मन छ । तर के गर्नु दुनियाँमै छैन ।  

एक जनाले त अजिंगरै पालेको छ । कसरी समात्यो होला अजिंगर ? अजिंगर पालेको युटयुवमा हेरेको थिएँ । कुकुर, घोडा त जसले पनि पालेका छन् । म जस्तो खतरा मान्छेले त डेन्जरस एनिमल नै पाल्ने हो । 

प्रकाशित: २९ जेष्ठ २०७७ ०६:५७ बिहीबार

जूनकीरी राष्ट्रिय निकुञ्ज जंगल