अन्य

कथा सुनाउने हजुरआमालाई धन्यवाद !

लकडाउन डायरी

हजुरआमा हिरामाया चौहानका साथमा पृथ्वीराज ।

पृथ्वीराज चौहान  

कक्षा: ८, अक्षरा स्कूल, काँडाघारी, काठमाडौं  

लकडाउनमा म चित्र बनाउने, गीत गाउने, किताब पढने र कविता लेख्ने काम गर्दैछु । केही समय बाबासँग बसेर हिसाब र बिज्ञान विषयमा छलफल पनि गर्छु । यस बाहेक मलाई भान्सामा गएर चटपटे बनाउन मन पर्छ । बेलाबेलामा चटपटे बनाएर सबैलाई खुवाउँछु ।  

अभिभावकसँगको सम्बन्ध घनिष्ट मित्रको जस्तो भएको छ । हामी संगै बसेर विभिन्न विषयमा छलफल गर्छौं । सा“झमा आँगनमा व्याडमिन्टन पनि खेल्छौ । विशेषतः बाबासँग विताएका रमाइला पलहरू मेरा लागि अविस्मरणिय रहनेछन् । गृहकार्य गर्न र दैनिक क्रियाकलाप रेकर्ड गर्न ममतामयी आमाले गर्नु भएको सहयोग पनि अविस्मरणिय हुनेछ ।  

पृथ्वीराज चौहान  

म हजुरआमासँग बसेर पुराना कथा सुन्छु । मलाई उहाँले आफ्नो बेलाको पूजा, व्रतबन्ध, विवाह, पुराण आदिका कथा सुनाउँदा अर्कै संसारमा पुग्छु । उहाँले सुनाउनु भएका लोककथा र पौराणिक कथा कुनै किताबमा पढ्न पाएको छैन । उहाँबाट पुस्तान्तरण भएका कथा म फेरी पछिल्लो पुस्तामा हस्तान्तरण गर्नेछु । मलाई यति बहुमूल्य कथा सुनाउने हजुरआमालाई धन्यवाद !  

मलाई एकदमै मन परेको कथा हो–खबुज । यसमा एक जना मानिस कामको खोजीमा खाडीमा पुग्छ । तिनै नजिव मोहमदले त्यहाँ भोगेका कठिनाई र संघर्षका कथा पढ्दा आँखा रसाउँछन् ।

एकादेशमा भन्ने शब्द सुन्नेवित्तिकै बालबालिकाको कान ठाडा हुन्छन् । आँखा चम्किलो बन्छन् । हामी एकाग्र भएर कथा सुन्छौं । कथा सुरु हुनेवित्तिकै हामी कल्पनाको संसारमा पुग्छौं । त्यहाँ असंभव भन्ने केही हुँदैन, मानौं जादु भइरहेको छ । कथाको संसार अर्कै हुन्छ र हामी बेग्लै कल्पनाको संसारमा घुमिरहेका हुन्छौं ।  

कथाको माध्यमबाट बालबालिकाले लिङ्ग, भूमिका, मूल्यमान्यता, विश्वास, धारणा र  समाजको मान मर्यादाको विषयमा ज्ञान लिन्छन् । यसबाट हामी बालबालिकालाई समाज चिन्न सजिलो हुन्छ । आ˚ुलाई कथामा भएका पात्रसंग दाँजेर हेर्ने र सत्कर्म गर्ने प्रेरणा मिल्छ ।  

मैले धेरै कथा सुनिसकेको छु । म कथा सुन्दासुन्दै कक्षा ८ मा आइपुगेको हुँ । कथा सुन्ने क्रम जारी छ । मलाई एकदमै मन परेको कथा हो–खबुज । यसमा एक जना मानिस कामको खोजीमा खाडीमा पुग्छ । तिनै नजिव मोहमदले त्यहाँ भोगेका कठिनाई र संघर्षका कथा पढ्दा आँखा रसाउँछन् । मनिसको जीवनमा यस्तो पनि हुँदोरहेछ भन्ने लाग्छ । बेन्यामिनको अंग्रेजी कथालाई नेपाली भाषामा दिनेश काफ्लेले अनुवाद गर्नु भएको हो । नजिवको संघर्ष मर्मस्पर्शी छ ।  

खबुज एक पटक सबैले पढनै पर्ने कथा हो । खाडी मुलुकमा गरेर दुःख पाउने खबुज र नजिवहरूको संख्या ठूलो छ । हामीले अरुको देशमा जानु भन्दा आफ्नै देशमा बसेर केही गर्नु बेस हुन्छ । यतिबेला मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘मुना मदन’को भनाई उधृत गर्न मनलाग्यो, ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन । साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’  

अन्त्यमा, लकडाउनका बेला सकारात्मक सोच लिएर बाँचौं । आफुलाई सृजनशील बनाऔं । पहिला फुर्सद नभएर पुरा गर्न नसकेका रुचिहरू लकडाउनमा पुरा गर्दैछु । अचेल सुत्नु अघि ‘द फेथ एण्ड फ्रेण्डसिप अफ टिनेज वोइज्’ पढ्दैछु । 

प्रकाशित: १२ जेष्ठ २०७७ ०६:०० सोमबार

जूनकीरी लकडाउन