अन्य

वैज्ञानिकले किन बनाउन सकेनन् कोरोनाको औषधी ?

रुविआ पराजुली

रुविआ पराजुली

कक्षा: ६, बूढानीलकण्ठ स्कुल, काठमाडौं  

कोरोना भाइरस चीनबाट सुरू भई संसारभर फैलियो । कोरोना कस्तो विचित्रको भाइरस रहेछ जसले संसारलाई थला पारिसक्यो । बैज्ञानिकले आकाशमा उड्ने चिज बनाए । पानीमा तैरिने जहाज बनाए । जमिनमा गुड्ने साधन बनाए । धेरै रोगको औषधी पत्ता लगाए तर आँखाले नदेखिने कोरोनाले विश्वलाई नै आतंकित बाउँदा समेत वैज्ञानिकले यसको औषधी पत्ता लगाउन सकेका छैनन् । कस्तो अचम्म !    

औषधी नबनेकाले यसका कारण हाम्रो मृत्यु पनि हुनसक्छ । रामायणमा त लक्ष्मण मुर्छा पर्दा हुनमानले पहाडै बोकेर ल्याएर उपचार गराएका थिए । खोजविन ग¥यो भने कोरोनाको ओखती कसो नभेटिएला !  

औषधी नबनेकाले यसका कारण हाम्रो मृत्यु पनि हुनसक्छ । रामायणमा त लक्ष्मण मुर्छा पर्दा हुनमानले पहाडै बोकेर ल्याएर उपचार गराएका थिए । खोजविन ग¥यो भने कोरोनाको ओखती कसो नभेटिएला !  

कस्तो भाइरस आयो, मान्छेसँग मान्छे डराउनु पर्ने ! यो भाइरस मान्छेबाट मान्छेमै सर्छ । भाइरस एक हप्तादेखि दुई हप्तासम्म र कहीँकहीँ त अझ धेरै दिनपछि मात्र देखिएको समाचारमा आएका छन् । त्यसैकारण हामी सचेत हुनुपर्छ ।

कोभिड–१९ लाग्दा हामीलाई धेरै खालका लक्षण देखिन्छन् । रुघाखोकी लाग्छ, टाउको  र ढाड दुख्ने जस्ता समस्या हुन्छ ।  

भाइरसबाट बच्न हामी साबधान हुनु पर्छ । आत्मबल बलियो बनाउनु पर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने खाना खानु पर्छ । बिसादी प्रयोग नगरि उत्पादन गरिएका सागसब्जी तथा फलफूल खानु बेस हुन्छ ।  

हामीले मान्छेमान्छेबीच सामाजिक दूरी कायम गर्नुपर्छ । दिनमा १० पटक जति साबुन पानीले हात धोऔं । स्यानिटाइजर प्रयोग गर्ने । बाहिर जानैपर्ने अबस्थामा माक्स लगाऔं । पैसाबाट पनि भाइरस सर्छ रे, होस गरौं ।  

कोभिड–१९ आउनु अगाडिसम्म कुनै पनि मान्छे वित्दा जमघट भएर अन्तिम संस्कार गरिन्थ्यो । अहिले त भाइरसको संक्रमणबाट मृत्यू हुनेको अन्तिम संस्कारमा सामेल हुनु त के तिनको अनुहार समेत हेर्न पाइन्न ।  

लकडाउन हाम्रो बाध्यता हो । यसले गर्दा दिनभर काम गरेर बिहानबेलुकाको छाक टार्ने समुदायलाई सबैभन्दा बढी मार परेको छ । विदेशमा बस्ने नेपाली नागरिक समेत आत्तिएका छन् । हवाई उडान नहुँदा उनीहरू स्वदेश फर्कन पाएका छैनन् । उता पनि लकडाउन भएकाले कमाई गर्न सकेका छैनन् ।  

कोरोनाका बेफाइदा धेरै छन् तर केही फाइदा पनि भएको छ । लकडाउन लामो समयसम्म रह्यो भने भोकै बस्नु पर्ने अबस्था आउन सक्छ भनेर गाउँमा फर्केकाहरूले बाँझो जमित खनजोत गरेका खबरहरू आइरहेका छन् । अब कृषि कर्ममा युवाको लगाब बढ्न सक्छ ।  

लकडाउनले गर्दा हामी जस्ता बालबालिकाले घरमा परिवारसँग बस्न, घरायसी काम सिक्ने अवसर पाएका छौं । किताबी ज्ञानमा सिमित हामीले व्याबहारिक ज्ञान लिने अबसर पाएका छौं ।  

त्यसैगरी परिवारबाट टाढाटाढा बस्नुपर्ने बाध्यता भएकाहरू परिवारसँगै बस्न पाएका छन् । पारिवारिक वातावरणमा खेल खेल्ने, भलाकुसारी गर्ने, आपसी सिप बाँड्ने काम भइरहेको छ । आपसमा आत्मीयताको डोरी झन् कसिलो बनेको छ ।  

हामी सामाजिक प्राणी हौं । तर कोरोनाको कारण सामाजिक दूरी कायम गर्नुपर्ने र जमघट गर्न नमिल्ने हुँदा हामी असमाजिक जस्तो देखिएका छौं । कोरोनाबाट बच्न हामीले लकडाउनको पालना गर्नै पर्छ ।  

प्रकाशित: ११ जेष्ठ २०७७ ०९:५० आइतबार

जूनकीरी लकडाउन प्रभाव