अन्य

कठै चरी कोकले

बालगीत

 रामविक्रम थापा

झण्डै म¥यो भोकले

चरी कोकले

त्यै रुखको बोक्रामा

ठुँग्यो झोकले 

शिकारीले मारेछ

उस्की आमालाई

सानिमाले लगिछ

उस्को बाबालाई

भुर्रभुर्र उडेर  

जाने कता हो

खान जता पाइन्छ

त्यतात्यता हो

सानोसानो कोकले

भुक्यो भोकले

आमा मर्दा टुहुरो

सुक्यो शोकले

नयाँनयाँ ठाउँमा

पुग्यो गाउँमा

बाँच्न सिक्दै विचरो !

आफ्नै नाउँमा ।

प्रकाशित: १० जेष्ठ २०७७ ०८:३४ शनिबार

जूनकीरी कविता