काठमाडौ–कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका महिला सुरक्षाकर्मीलाई घुन्सा फाउण्डेशन नेपालले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । फाउण्डेशनकी अध्यक्ष याङ्जोङ्म शेर्पाले शुक्रवार महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा माक्स र पन्जा हस्तान्तरण गरेकी हुन् ।
फाउन्डेशनद्धारा प्रदान गरिएका सामग्री प्रहरी निरीक्षक मनिषा बुढाथोकीले बुझेकी थिइन् । काठमाडौं उपत्यकामा लकडाउन पालना गराउन १ सय ६० भन्दा बढी ट्राफिक महिला प्रहरी खटिरहेका छन् ।
फाउण्डेशनले ताप्लेजुङको दुर्गम गाउँ घुन्साको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।
प्रकाशित: ४ जेष्ठ २०७७ ०७:१९ आइतबार