अन्य

भविष्यको हिरो म

हार्दिक न्यौपाने

 

हार्दिक न्यौपाने  

कक्षा ः २, अक्षरा स्कुल

काँडाघारी, काठमाडौं ।  

मैंले वैशाख ८ देखि अनलाइन कक्षा शुरू गरें । पहिलो दिन अनलाइन कक्षा राम्रो लाग्यो । किनकि मेरो मिस असल हुनुहुन्छ । मलाई माया गर्नुहुन्छ । मलाई धेरै चान्स दिएर माया गर्नुहुन्छ । बोल्नी चान्स, भन्नी चान्स दिनुहुन्छ । पढ्नी पनि चान्स दिनुहुन्छ । चान्स दिंदा मलाई रमाइलो लाग्छ ।  

कोही बेला बिर्सनु हुन्छ । बिर्सेर बोल्नी, भन्नी र पढ्नी चान्स दिन बिर्सनुहुन्छ । अचेलचाहिं खै के भको हो कुन्नि मिसलाई, मलाई चान्स नै लास्टमा दिनुहुन्छ । चान्सपछि दिंदाचाहिं मलाई रोऊँरोऊँ लाग्छ । कोही बेला त रोएको पनि छु ।

मिसले जे पढ् भन्नुहुन्छ, त्यही पढ्नुपर्छ । यो पनि ठिक हो । किनकि मिसले त्यस्तो गर्नुभयो भने हामी जान्नी हुन्छौं । जान्नी भयो भने म ठूलो भएपछि एक्टर बन्न सक्छु । मेरो लक्ष्य एक्टर बन्ने छ ।  

एक्टर बनेर फिल्म खेल्छु । फिल्म खेलेर सबैलाई खुशी पार्छु । जसजसले फिल्म हेर्न पाएका छैनन । तिनीहरू खुशी हुन्छन् । फिल्म हेर्न पाएका त के खुशी हुन्थे होला र ।  

मलाई चाहिं फिलिम खेल्दाखेरि हिरो बन्न मन छ । तर थाहा छैन के हुन्छ, म हिरो बन्छु कि, गुण्डा बन्छु कि, डाइरेक्टर, केही थाहा छैन । त्यो त डाइरेक्टर भन्दा पनि ठूलो मान्छेले डिसाइड गर्छन् । लाइट, क्यामेरा एक्सन भन्नेले डिसाइड गर्छन् । जसको एक्टिङ राम्रो हुन्छ, त्यसलाई फिलिम खेल्न दिन्छन् । मेरो पनि एक्टिङ त सुपर छ । रोएको नाटक गर्न सक्छु, ठोकिएको नाटक गर्छु । म ठोक्किएको हुन्न तैपनि नाटक गर्छु । हाँसेको पनि नाटक गर्न सक्छु । नाच्न, गाउन पनि आउ“छ । यति जान्दा त हिरो खेल्न दिनु त पर्ने हो । खै के गर्छन्, हेर्नै पर्छ । अहिले नै भन्न मिल्दैन । मलाई जसले हिरो बनाउ“दैन, म त्यसलाई कुटेर भए पनि हिरो बन्छु । जसले फिलिम खेलाउँदैन त्यसलाई बाँधेर भए पनि फिलिम खेलेरै छाड्छु । बाँधेपछि म फिलिम खेलिसकेको हुन्छु ।  

पहिला साइन्टिस्ट बन्ने भन्थे । अहिलेचाहिं हिरो हुन मन लाग्यो । साइन्टिस्ट बन्दा कोही खुशी हुँदैनन् जस्तो लाग्यो । फिलिम हेर्दा त बसै खुशी हुन्छन् । सबैलाई खुशी बनाउन मलाई फिलिम खेल्न मन लाग्यो । वैज्ञानिकले टिभी त बनाए तर हिरोले फिलिम नखेलेको भए टिभीमा के आउ“थ्यो ? युट्युव बनाएर मात्र हुन्छ ? हिरोले फिलिम खेलेको थिएन भने के आउ“थ्यो युट्युबमा ? खाली हँुदैनथ्यो युट्युवमा ?  

लकडाउनमा मैले धेरै फिलिम हेरें । कार्टुन पनि हेरें । बाहुबली, साह्रो, खतरनाक खिलाडी, द रिटर्नस अफ रिभेल हेरें । यो सबै प्रभासको फिलिम हो । प्रभास मेरो बेस्ट हिरो हो । नेपालमा प्रभास आए म १२ पल्ट अटोग्राफ लिन्थें । कहिले आउँछ होला ?  

प्रकाशित: ३ जेष्ठ २०७७ ०८:५४ शनिबार

जूनकीरी