अन्य

क्वारेन्टाइनमै विरामी परिने डरः न ओढ्ने, न ओछ्याउने

राँके (पाँचथर) - सोमबार दिउँसो पाँचथरको राँके बजार आसपासमा  पानी परिरहेको थियो। पानी परेसँगै मुटु कमाउने चिसो थियो। वर्षभरीनै चिसो हुने राँके क्षेत्रमा बैशाखमा पनि पानी परेसँगै अत्याधिक चिसो थियो। यो चिसोको समाना गरेर यहाँको क्वारेन्टाइनमा राखिएकाहरु बसिरहेका थिए।

यहाँ काठमाण्डौँबाट ल्याइएकाहरुको अवस्था नाजुक थियो। चिसोको समयमा न ओछ्याउने राम्रो न ओड्नेनै। चिसोमा काम्दै बसेका थिए उनीहरु। कपितयले किन आइएछ भन्दै थिए त कतिपय कहिले यो कष्टबाट  उम्किन पाइने पाईन्छ होला भनेर बसेका थिए। 

यहाँ युवा तथा वृद्धवृद्धा थिए। ओढ्ने, ओछ्याउनका् अभाव देखिन्थ्यो।  
जलसिह माध्यमिक विद्यालयको सिमेन्टेट भवनमा  चिसो सहेर बसेका छन्। उनीहरु शनिवार काठमाण्डौँबाट ल्याइएकाहरु हुन।

घर पुग्न पाईने खुसीले आएकाहरु क्वारेन्टाइनमा चिसोको समाना गरेर बसिरहेका छन्। सानो कोठमा खादिएर राखिएका उनीहरुले न राम्रो ओढ्ने ओछ्याउने पाएका छन्, न कुनै सामाजिक दुरीनै रहेको छ। चिसोका कारण अरु विरामी हुने खतरा रहेको उनीहरु बताउँछन्। खाने, बस्नेको समस्या भोगिरहेका छन्।

चिसोका कारण अन्य रोगले सताउने खतरा बढेको यहाँ बसेका आङसराङका सरोज तामाङले भने। ‘ओछ्याउन म्याट त दिइएको छ। तर भुइको चिसोले बढ्दै आउछ। ओड्ने पनी राम्रो छैन। यो त के क्वारेन्टाइन भन्नु साघुँुरो कोठामा भुइमै म्याट ओछ्याएर खादिएर सुत्नु परेको छ’ उनले 
काठमाण्डौँबाट ल्याइएकाहरु कष्टकर दैनिकि कटाइरहेका छन्। चिसो ठाँउमा बस्ने, खानेको उचित प्रबन्ध हुन सकिरहेको छैनन्।

 काठमाण्डौँबाट ल्याइएकाहरुलाई सिधै क्वारेन्टाईनमा राखिएको थियो। यसरी आएका महिला, बालवालिका लगायतका १ सय जनाले कष्टकर दैनिकी कटाई रहेका छन्।  फिदिम र फाल्गुनन्द गाँउपालिकाका लाई यहाँ राखिएको छ। जिल्लाको विभिन्न क्वारेन्टाईनमा काठमाण्डौँबाट आउनेलाई राखिएको छ।

‘किन आएछु जस्तो भएको छ। सिधै घर जान नपाइने रहेछ। नानीहरु पनि छन्। चिसोमा खादिएर बसेका छौँ’ फिदिमका उदय लिम्बुले भने ‘खै कस्तो क्वारेन्टाइन हो। यहाँ बसेकाहरु विरामी पर्न थालेका छन्। यस्तै हो भने यहाँ बसेका सबै विरामी हुने खतरा छ।’

गजिल्लामा ल्याउन चर्को प्रतिस्पर्धा गरिएपनि यहाँ आएपछि व्यवस्थापनमा ख्याल गरिएको छैन।  क्वारेन्टाइनमा राखिएकाहरुलाई ¥यापिड डाईगोनोष्टिक टेष्ट (आरडिटि) गरेरमात्र घर पठाउने तयारी छ। किट नहुँदा उनीहरुको परीक्षण हुन सकेको छैन। घरमा  आनन्दसँग बस्नका लागि आएकाहरु क्वारेन्टाइन कष्टकर दैनिकि कटाई रहेका देखिन्थे।  

काठमाण्डौँबाट आएका जिल्ला बासिलाई राखिएको राँकेको क्वारेन्टाइन। तस्बिर ःगिरिराज बाँस्कोटा÷नागरिक

प्रकाशित: १५ वैशाख २०७७ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App