अन्य

टक्क अडेको देश

मात्तिएको पुलिस
लतलागेको अदालत
बिचौलियाले जोडिदिएको
विभिन्न भङ्गाला निसृत
सम्मिलनको मुस्लोले
कहालीलाग्दो भेल बनेर निलिदिँदा
संवेदनशीलताका फाँटहरू
कहिले नटुङ्गने बगर बनेका छन्
यहाँ
राजनीतिको फस्टाउँदो व्यापारमा
गरिबले सपना देख्नु अपराध हुन्छ
रिक्तताले भरिएकातीआँखाहरूमा
भोको पेटका ज्वालाहरू
पानीकाफोकाबनेर फुटिरहेका छन् 
जापानहोस् या अरबका
काठमाडौँकादूतावास अगाडि
लागेको लाइनले सडक भरिन्छ 
भिड बन्छ
नियन्त्रणगर्न पुलिस आउँछ
यसरी नियन्त्रित सञ्चालनबाट
विदेशमा लुटिएका बैँस र सपनाहरू
अनिप्रत्येक दिनजसो
एयरपोर्टमाआउने कफन
ती बेचेर आएको आम्दानीबाट
पाँचतारे होटेलकागरिबीनिवारणका सेमिनार
अनि त्यसपछि लागाइएको
जोनिवाकरका चुस्कीहरूमाझुमेर
बुलेटप्रुफ गाडीभित्रको
कालो सिसाभित्रनदेखिने अनुहारको सुरक्षामा
पुलिसका गाडीहरूको लर्कन
कानचिर्दै बजेका साइरनले
रोकेको एम्बुलेन्सभित्र
अर्को नेपालीको मृत्युसँगको संघर्षले
ल्याएको सन्नाटामा
बिग्रिएको घडीको सुइजस्तो
यो देश टक्क अडेको छ ।
वसन्त लोहनी,काठमाडौँ

प्रकाशित: ३० चैत्र २०७६ ०३:१९ आइतबार

कविता