अन्य

भारतबाट आएकाहरुलाई खोज्दै घरघरमा स्वास्थ्यकर्मी

दैलेख –  दैलेखमा भारतबाट आएका ब्यक्तिहरुको लगत संकलनसंगै उनीहरुलाई खोज्दै स्वास्थ्यकर्मीहरु घरघर पुगेका छन्। स्वास्थ्यकर्मीहरु घरमै पुगेर उनीहरुको स्वास्थ्य जाँच जाँच गरेका हुन्। 

अहिले गुरासँ गाउँपालिकाले यो अभियानलाई तिव्रता दिएको छ। गाउँपालिकाले स्वास्थ्यकर्मी घरमै पठाएर उनीहरुको स्वास्थ्य जाँच गराएको हो। ‘भारतबाट आएका एक जनामा ज्वरो समेत देखीएको थियो।’ स्थानीय अगुवा निराजन खत्रीले भने, अहिले कम भएको छ। स्वास्थ्यकर्मीहरु खटिएर लाग्नु भएको छ।’ 

गाउँपालिकाले यो अवधिमा भारतबाट कति गाउँमा फर्के त्यसको पहिलो चरणमा लगत संकलन गरेको थियो।  दोस्रो चरणमा उनीहरुको स्वास्थ्य जाँचका लागि घरमै पुगेको गुरासँ गाउँपालिकाका ३ नम्वर वडामा रहेको स्वास्थ्य चौकीका अहेव राजेन्द्र विसीले जानकारी दिए।

गाउँपालिकाले ठाउँठाउँमा क्वारेन्टाइन समेत ब्यवस्थापन गरिएको छ। स्वास्थ्यकर्मीका लागि चेकजाँचका लागि आवश्यक सवै सामाग्री उपलब्ध भएकाले कुनै जोखिम नभएको स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘होम क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य जाँचका लागि हामी घरमै पुग्यौं।’

अहेव राजेन्द्र विसीले भने, उनीहरुको अवस्था सामान्य  भएपनि नियमित चेकजाँच गरिरहेका छौं। गाउँपालिकामा कुनै ब्यक्तिबाट संक्रमण नहोस् भनेर पूर्व तयारीका साथ चनाखो भएर स्वास्थ्यकर्मी लागिरहेका छौं।’ गाउँपालिकाभित्र भारत तथा अन्य देशबाट आएका नागरिकहरुको स्वास्थ्य परिक्षणमा कुनै कमि नरहने गरि घरघरमै स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए। ‘गाउँपालिकाभर आफु सुरक्षित भएर स्वास्थ्यकर्मी परिचालन गरिएको छ।’ अध्यक्ष ओलीले भने, औषधी लगायतका अन्य आवश्यक सामाग्रीहरु सवै वडामा पुराईसकेका छौं।’

 

प्रकाशित: २१ चैत्र २०७६ ०३:५७ शुक्रबार

कोरोना_कहर स्वास्थ्यकर्मी