अन्य

१ सय १ वर्षका सत्यमोहन जोशीको रङ्गीन किताब

भाइबहिनीहरू,
‘केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरू : सम्पदा परिचय र सन्दर्भ कथाहरू’ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा लिखित उत्कृष्ट किताबको रङ्गीन संस्करण हो। यस किताबमा लेखक जोशीले तलेजुको गगनचुम्बी देवल, पाटनको कृष्ण मन्दिर, हिरण्यवर्ण महाविहार, विष्णुविक्रान्तको मूर्ति, अशोक स्तम्भ र श्वेत चैत्यका बारेमा लेख्नुभएको छ। सम्पदाको परिचय दिँदै त्योसँग सम्बन्धित किंवदन्ती कथा पनि सुनाउने लेखकको शैलीले बालबालिकाहरू रमाउनेछन्।

१ सय १ वर्षीय लेखक जोशीको यस कृति बालबालिकाहरूका लागि अत्यन्त उपयोगी रहेको छ।  आफ्ना धार्मिक  र सांस्कृतिक सम्पदाबारेको जानकारी नयाँ पुस्तालाई दिनु अत्यन्त जरुरी छ। यससम्बन्धी कृतिको अभाव रहेको अवस्थामा यस कृतिको प्रकाशनले महत्वपूर्ण योगदान पुग्नेछ। बालसाहित्य लेखनमा समर्पित स्रष्टा कार्तिकेयद्वारा सम्पादित यस कृतिमा वर्णन गरिएका सम्पदासँग सम्बन्धित जानकारी र सँगसँगै किंवदन्ती कथाको पृष्ठमा आकर्षक चित्र पनि राखिएको छ।

पुस्तकको अन्तिम पृष्ठमा कठिन शब्दको अर्थ पनि दिइएको छ। यस कृतिको मूल्य रु. १ सय २५ रहेको छ।

प्रकाशित: २५ माघ २०७६ ०४:३९ शनिबार

वाङ्मय किताब