सुयोगमानसिंह बस्न्यात
कक्षा–४,नव अरुणिमा सेकेण्डरी स्कुल, आरुबारी,काठमाडौं।
गएको कात्तिक ३० गते शनिबार आल्टिमेट हेरिटेज साइकल र्याली भयो। र्यालीको उद्देश्य थियो नेपाल भ्रमण वर्ष २०२० (२०७६) को प्रचारप्रसार। प्रदेश नं. ३ को सरकार र टुरिजम बोर्डको संयुक्त आयोजनामा -याली भएको थियो। उक्त -यालीलाई प्याङ्क (पञ्च अष्टनारायण) साइकल पसल र टुर डे लुम्बिनी लगायतका विभिन्न संघसंस्थाको साथ थियो। उक्त -यालीमा मैले पनि साइकल चलाएँ।
प्रदेश नं. ३ का मन्त्री अरुण नेपालको भाषण र विजयरत्न अंकलले रुटको व्याख्या गरिसकेपछि मन्त्रीले -यालीको उद्घाटन गर्नुभयो अनि साइकल -याली अघि बढयो। -यालीको नेतृत्व विजयरत्न अकलले गर्नुभयो। हामी उहाँको पछि लग्यौ। प्याङ्क बाइकको तिरेक अंकल कोही नछुटून, कसैलाई अप्ठेरो नपरोस् भनेर यात्रालाई सहज र व्यवस्थित गर्दै अघि बढाउन उहाँ आफू सबैभन्दा पछाडि स्वयंसेवीको भूमिकामा हुनुहन्थ्यो।
यात्रा वसन्तपुर, जमल, केशरमहल, डल्लू, स्वयम्भू, छाउनी, टेकु, त्रिपुरेश्वर, थापाथली, पुल्चोक, मंगलबजार, बालकुमारी, कोटेश्वर, पशुपतिनाथ, गौशाला, बानेश्वर, मैतीदेवी, डिल्लीबजार र पुतलीसडक हुँदै पर्यटन बोर्डको कार्यालयमा पुगेर यात्रा टुगिंयो। उक्त -यालीमा पद्म कन्या कलेजका विविएमा पढ्ने दिदीहरू सहभागी हुनुहन्थ्यो। उहाँहरूमध्ये दुईतिन जना दिदी छाउनीनिर अकस्मात लड्नुभयो। धन्न सामान्य चोट मात्रै लागेछ। यात्रामा एम्बुलेन्स र स्वास्थ्यकर्मीको व्यवस्था थियो। त्यसैले घाइते दिदीहरूको तुरुन्तै प्राथमिक उपचार भयो।
हामीले टुरिजम बोर्डको अफिसभित्र र बाहिर कम्पाउण्डमा फोटो खिच्यौं। म र राहुल भाइ उक्त -यालीको सबैभन्दा साना साइकलयात्री भएकोले हामीलाई नाम बोलाएरै प्रमाणपत्र दिइयो। यसको लागि प्याङ्क बाइकलाई धेरैधेरै धन्यवाद ! त्यतिकैमा लन्च प्याकेट बाँड्न सुरु भएछ। ध्रुव अंकल, बाबा र म पनि लाइनमा बस्यौं। दुष्यन्त अंकलले अरूको जस्तै हाम्रो पनि फोटो खिच्नुभयो। लन्च प्याकेट बाँड्ने ठाउँमा त विजयत्न अंकल आफै लन्च प्याकेट बाँड्दै हुनुुहुँदो रहेछ। उहाँले मलाई जिस्क्याउँदै लन्च प्याकेट दिनुभयो।
उक्त -यालीमा बाबाका साथीहरू : महेन्द्र अंकल, सुवास अंकल, धु्रव अंकल, आकाश अंकल, महेश अंकल र कृपा अंकलहरूसँग भेट भयो अनि हामीले सँगै साइकल चढ्यौं।
अल्टिमेट हेरिटेज राइडमा दर्ता निःशुल्क थियो। पहिलो ३ सय जनालाई टिसर्टको व्यवस्था पनि थियो। यस -यालीमा मेकानिकल सहयोगदेखि व्यवस्थापन लगाएको कार्य प्याङ्क साइकल पसलले गरेको रहेछ। अन्त्यमा प्रमाणपत्र र यात्राको सम्झना लिएर घर फर्किएँ म।
जय साइकल ! जय नेपाल !!
प्रकाशित: ४ माघ २०७६ ०४:२९ शनिबार