अन्य

पृथ्वीनारायण शाह सत्कर्मका मार्गदर्शक हुन्

पृथ्वीजयन्ती अभियन्ता भरत बस्नेतले २०५७ सालदेखि पृथ्वीनारायण शाहको दिव्यापदेश  वितरण गर्दै आएका छन्। उनी बर्सेनि राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मनाउन आमनेपालीलार्ई आह्वान गर्छन्। उनै बस्नेतसँग पृथ्वीजयन्तीको सेरोफेरोमा रहेर नागरिककर्मी कविराज कार्कीले गरेको कुराकानीको सारसंक्षेप :

पृथ्वीजयन्ती कसरी मनाउँदै हुनुहुन्छ ?
यसपालिको पृथ्वीजयन्ती  पाँचदेखि १० हजार नागरिकलाई बिहान १० बजे भेला पारेर  बाजागाजासहित डिल्लीबजार, पुतलीसडक, भद्रकाली हँुदै सिहंदरबार पुगेर पृथ्वीनारायणको सालिकमा श्रद्धासुमन चढाउनेछौँ।

पृथ्वीनारायण शाहको सम्मानमा राज्य कहाँनेर चुक्यो ?
२०६२/६३ सालको माओवादी आन्दोलनमा जब पृथ्वीनारायण शाहको सालिकमा आक्रमण भयो। र, उहाँलाई देशमा सामन्ती शासकका रूपमा चिनाएर बदनाम गर्ने काम गरियो, त्यसबेलादेखि राजाप्रति जनताको विश्वास घट्दै गएको छ।

पृथ्वीनारायण शाहलाई राज्यले कसरी सम्मान गर्नुपर्ने हो ?
खासगरी बाइसे–चौबिसे राज्यलाई एकीकरण गरी सिंगो नेपाल बनाए। जबकि  विश्वसामु नेपालीहरूको बहादुरीलाई चिनाउनुभयो त्यसैले हामीले अहिले उहाँको जन्मदिनको अवसरमा नयाँ नयाँ सालिक बनाउने र उहाँको दिव्यपदेश पनि पालना गर्नुपर्ने हो।

पृथ्वीनारायण शाहले टुक्रा–टुक्रा भएका राज्य जितेर ठूलो देश बनाए, यो त कसैले मेटेर नमेटिने इतिहास हो। त्यो इतिहासलाई गुण र दोषले केही फरक पार्दैन। तर, तपाईंहरूको अभियानले पृथ्वीनारायण शाहको गुणको मात्रै चर्चा गरेर दोष पनि भन्नेतिर संकेत गरेजस्तो लाग्दैन ?
हामी स्मरण गर्न चाहन्छौं। उहाँले ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैलाई चेतना भया’ भन्नुभएको थिए। उहाँमा हामी केही पनि स्वार्थी भावना देख्दैनौं, राष्ट्रभक्तिको भावना देख्छौं।

राजसंस्थाका कारण राज्यमा एक भाषा एक धर्म र केन्द्रीय शासन हुँदा विभिन्न जाति र समुदाय पछाडि परे भनिन्छ, यसमा यहाँको बुझाइ के छ ?
समग्र रूपमा उहाँले नेपालीहरूमा छाडेर गएको आतिथ्य सत्कार हामी कुनै हालतमा पनि बिर्सन सक्दैनौं।  सबै भाषा, संस्कृति र परम्परालाई जोगाइराख्नू भनेर जानुभयो। जहिल्यै पनि भ्रष्टाचारीमाथि प्रहार गर्ने उहाँको दिव्यपदेशमा भनिएको छ, ‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’। सत्कर्मका मार्गदर्शक हुन्, उनी।

प्रकाशित: २६ पुस २०७६ ०५:२२ शनिबार

पृथ्वीनारायण_शाह मार्गदर्शक