अन्य

छरिएका अन्न अर्थात् शतबीज

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन (गत सोमबार) बिहान पशुपति क्षेत्र शतबीजले ढाकिएको थियो। बालाचतुर्दशी पनि भनिने यस दिन हिन्दू धर्मावलम्बीले यस क्षेत्रमा शतबीज छर्ने गर्छन्, शत्बीज छरे पितृले मोक्ष पाउने मान्यता छ। शतबीज छर्नका लागि श्रद्धालुहरू आइतबार शिवालयमा जाग्राम बस्ने पनि गर्छन्।

उनीहरू लगायत वरपरबाट आएका श्रद्धालुले सोमबार बिहानै नदीमा स्नान गरी धान, मकै, गहुँ, हलेदो, जौ लगायत अन्नमा फूलका केस्रा मिलाएर शतबीजका रूपमा छरेका हुन्। श्रद्धालुका लागि यस्तो प्रकारको शतबीज त्यही बेच्न राखिएको हुन्छ। किन्दा एक मानाको २० रुपैयाँ पर्छ। श्रद्धालुले छरिसकेको शतबीज जम्मा गरेर वरपरका गाई पाल्ने किसानहरूलाई प्रतिबोरा एक सय रुपैयाँमा बेचेको पनि देखियो।
    
 

प्रकाशित: १४ मंसिर २०७६ ०४:३९ शनिबार

शतबीज अन्न