अन्य

छठ पर्वको उल्लास

सिद्धार्थ वाग्ले,
कक्षा–६, शिशु निकेतन स्कुल, पोखरा।

नजिकैको जलाशय
बनाएर झिलिमिली,
छठीमाईको पूजा गर्छन्
बत्ती बाल्दै पिलिपिली।

अस्ताउँदो सूर्यलाई
अर्घ चढाई सुरु हुन्छ,
हरेक ठाउँमा छठपर्वको
उल्लासले छुन्छ।

छठपूजामा जाग्राम बसी
भजनकीर्तन गर्छन्,
पूजास्थल फूलप्रसादले
च्याट्ट सजाएर भर्छन्।

ढकी, टोकरी, नाङ्लोभरि
पूजा सामानहरू राखी,
धूमधामसँग पूजा गर्छन्
सुखशान्ति, खुसी डाकी।

प्रकाशित: १६ कार्तिक २०७६ ०३:११ शनिबार

छठ_पर्व कविता