अन्य

मनमा नेपाल

सागर सिल्वाल

बेलायत बसेर गीत तथा मुक्तक लेख्दै आएका स्रष्टा सागर सिल्वालको एक साथ दुई कृति सार्वजनिक भएको छ। उनको मुक्तक संग्रह ‘सागरको संगम’मा परिवार, मायाप्रेम, जीवनका भोगाई, राजनीति, धर्म र आमाबुबासम्बन्धी मुक्तक छन्। त्यस्तै, ‘सागरको लहर’ गीत संग्रहमा आधुनिक, झ्याउरे, लोकगीत, दोहोरीगीत र राष्ट्रिय गीत समावेश छन्।

सानैदेखि साहित्य सिर्जनामा लागेका उनले यसअघि सन् २०१० मा ‘सागरको बिन्दु’ गीति एल्बम, ‘सागरको मोती’ गजलसंग्रह ल्याएका थिए। एउटा उपन्यास र नियात्राको पाण्डुलिपि तयार भएको उनले सुनाए।

ललितपुर, गोदावरीका सिल्वाल बेलायतमा बस्न थालेको २० वर्ष भयो। उनको मनमा नेपाल छ। साहित्य सिर्जना बाहेक उनी त्यहाँको राजनीतिमा लागेका छन्। सत्तारुढ कन्जर्भेटिभ पार्टीका कार्यकर्ता हुन्। हाल डकोरम वोरो काउन्सिलको डिस्ट्रिक काउन्सिलर बनेका छन्।

प्रकाशित: २१ भाद्र २०७६ ०४:१८ शनिबार

मनमा नेपाल