अन्य

५ लघुकथा

काशीराम विरस

काशीराम विरस

अवसर
आसन्न निर्वाचनका लागि पार्टीमा टिकटाकांक्षी बढेपछि ‘सही उम्मेदवार चयन गर्ने विषयमा पार्टीको बैठक डाकियो। बैठकमा उपस्थित सदस्यहरूलाई विषयवस्तुमाथि आआफ्नो धारणा पेश गर्न समय दिइयो।

‘देश युवामय अवस्था भएको सन्दर्भमा अवको निर्वाचनमा युवाहरूलाई पहिलो अवसर दिनुपर्छ’, एक सदस्यले भने।

‘हो... हो... ! उहाँको भनाइ मलाई पनि चित्त बुझ्यो, देश युवाकै काँधमा आएको छ। हाम्रो पार्टी पंक्तिमा पनि युवाकै बाहुल्य छ। यसर्थ म उहाँको भनाइलाई समर्थन गर्छु’, अर्का सदस्यले थपे।

‘अवसर दिन त दिने ! युवा पंक्तिभित्र पनि हाम्रा महिला सदस्य हुनुहुन्छ। फेरि संवैधानिक प्रावधानअनुसार महिलाको सिट सुनिश्चित गर्दै महिलालाई पहिलो अवसर दिनुपर्छ’, एक नेतृले भनिन्।

एवं रितले आदिवासी÷जनजाति, मधेसी, दलित, पिछडिएकाा... वर्गलाई समानुपतिक रूपमा अवसर दिनुपर्ने धारणा आइसकेपछि बैठक निष्कर्षमा उम्मेदवारी छनौट कमिटी गठन गरी ‘उम्मेदवार छनौट आचार संहिता’ लागु गर्ने निर्णयमा पुग्यो। जसको पहिलो बुँदामा  ‘निर्वाचनमा प्रत्यासी हुने सदस्य पार्टीमा महत्वपूर्ण योगदान दिएका..., जेलनेल भोगेका... विगतका निर्वाचनको अनुभव भएका मध्येबाट छनौट गर्न सकिने’ थियो।

आत्मलाप
शान्त वातावारण। दुई पक्षबीच ‘आन्दोलन ’ र ‘आन्दोलन फिर्ता ’केन्द्रित सहमतीय बैठक भइरहेको थियो। आन्दोलनका पक्षधरले सत्तापक्षका हरेक गतिविधि केलाउँदै आफ्ना जायज मागका सम्बन्धमा धारणा पोख्ने कार्यलाई निरन्तरता दिइरहेका थिए। 

आन्दोलन फिर्ता गर्नुपर्ने पक्षधरले भने त्यो कार्यप्रति तीव्र असन्तुष्टि जनाउँदै भन्यो, ‘हेर्नुस्, तपाईले हरेक क्षेत्रको विरोध मात्रै गर्नु भो आखिर के पायौं ? तपाईंका मागका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ। तर आन्दोलनको नाउँमा जनतालाई दुःख दिन पनि त भएन नि ?’

आन्दोलनरत पक्षधरहरूले भने जायज मागबारे ठोस सम्बोधन नगरेसम्म आन्दोलन फिर्ता नगर्ने र कुनै सम्झौता नगर्ने अडान दो-याए ।

झिसमिसे उज्यालो भइसक्दासम्म पनि दुई पक्षबीचको वार्ता टुंगिएन। वार्ता पक्षधरहरू अरु कोही नभई मेरो आफ्नै आत्मालाप थियो।

नेताजीको बोली
सार्वजनिक पदमा आसीन ठूलो पार्टीका नेताले दिउँसोको भाषणमा दीन, दुःखी र गरीबलाई उपकार गर्ने र उनीहरूको दुःख हरण र्ने प्रतिबद्धता जनाए। कार्यक्रमको समाप्तिपछि कालो कारमा चढेर नेताजी हुँइकिए। सवारीका साधनहरूको जामले कार मन्द गतिमा घस्रिरहेको थियो। सोही समयमा एक जना भिखारी दुईचार पैसा माग्दै कार नजिक आयो। भिक्षाको याचना गरिरहेको भिखारीलाई धक्का दिँदै कार अगाडि बढ्यो।

घरमा पुग्दा कोठामा ... पिछे क्या हे बोलको गीत बजिरहेको, छोरीहरू डिस्को डान्सको अभ्यास गरिरहेका र जुठेल्नुमा टुहुरो केटो भाँडा माझिरहेको थियो।

नियति
कागले भर्खरभर्खर टुसाउँदै गरेको रुखको हाँगा थुत्दै आफ्नो गुँड बनयो। फूल पा-यो। बच्चा कोरल्यो। अर्को रुखको टोड्कामा भँगेरीले पनि बच्चा कोरलिन्। किरा–फट्याङग्रा मार्दै आफ्नो बच्चा हुर्काउ“दै थियो।

काग आयो। भँगेराका बच्चा चुइ“चुइ“ कराउ“दै थिए तैपनि कागले ठुंगेर लग्यो र टुक्राटुक्रा गरी बच्चाहरूलाई खुवाउँदै आफ्ना बच्चा हुर्काउँदै थियो।
फगत, समाज किंकर्तव्यविमूढ भएर टोलाइरहेको थियो।

फ्युजन
लाग्छ आजभोलि त झन् पहिलेभन्दा सिङ्गो त्यो घरको माया लाग्न थालेको छ। आफू त्यो घरमा छ“दा माया नदेखि“दो रहेछ, वास्ता नहु“दो रहेछ। घर छोडेपछि बल्ल थाहा पाए“ अब चाहेर पनि त्यस घरमा पस्न नपाउने भएकी छु। परको स्वच्छ हिमाल हेर्न नसकेर हो कि आ“सु चुहाउ“दै भनिन्।
तर तिमी त गल्ती मेरो हैन भन्छौ रे नि ?
हो गल्ती मेरो होइन।
तिमीले गल्ती गरेकी छौ।
हैन मैले भुल गरेकी छु।
आखिर त्यस्तो के भुल ग-यौ तिमीले ?
एक दिन सधैंको जस्तो आ“गनमा घाम ताप्दै बसेका बेला छिमेकी माल्दाइ आएर कुराकानीको सन्दर्भमा ढाडस के दिएका थिए, उहा“ले...भयो।
अनि ?
अनि के हुनु नि उही त हो हाम्रो सामाजिक रुढि मान्यता। उही समाजले गल्ती र भुल छुट्याउन सकेन। कानुनले पनि दुवैलाई एउटै देख्दा रहेछन्।

प्रकाशित: २१ भाद्र २०७६ ०२:४६ शनिबार

लघुकथा