अन्य

थकालीको कुमार यात्रा

मुस्ताङको थाक सात सय क्षेत्रको खन्ती गाउँदेखि माथि नरसाङ मन्दिरमा नरिच्यहोव देवी छिन् । उनलाई गाउँलेले रक्षकका रूपमा मान्छन् । तिनै देवीका नाममा ५, ७, ९, ११ र १३ वर्ष उमेरका गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली कुमार केटाको स्योपेन लब फालो (कुमार यात्रा) पर्व मनाउने चलन छ ।

हरेक वर्ष प्रथम भाद्र शुक्ल पक्ष तृतीय तिथिका दिनबाट कुमार यात्रा सुरु हुन्छ । थकाली सेवा समितिले ‘हाम्रो संस्कृति जोगाऔ, आफ्नो पहिचान बचाऔं’ भन्ने नाराकासाथ यसपालि पनि भदौ १९ देखि २३ गतेसम्म कोबाङमा कुमार यात्रा गर्दैछ ।

यात्राबाट देवी नरिच्हयोबाट कुमारहरूले आशीषसहित अलौकिक शक्ति प्राप्त गर्ने छन् ।   समितिका अध्यक्ष सोमप्रसाद तुलाचनका अनुसार यसपाला यात्रामा ७ जना कुमार सहभागी हुँदै छन् । उनीहरूलाई लामा गुरु र तिनका अभिभावकले आशीष दिन्छन् । यात्राका अवसरमा गाउँमा सांस्कृतिक झाँक्रीहरू प्रदर्शनीका साथै अन्य विविध कार्यक्रम गरिन्छ । कुमार यात्राको मुख्य आयोजक थकाली सेवा समिति हो भने उसलाई  थासाङ गाउँपालिका वडा नं २ ले सघाउने छ ।    
 

प्रकाशित: १४ भाद्र २०७६ ०८:०३ शनिबार

थकाली