अन्य

पत्नीलाई छुरा हान्ने पक्राउ

इलाम– पत्नीलाई छुरा प्रहार गरी घाइते बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी जिल्लाको गौरीबास घर भइ हाल इलाम नगरपालिका–९, गोलबस्ती बस्ने २९ वर्षे दीपक कोइरालाले गत ४ गते दिउँसो ३ बजेतिर पत्नी सृजना जबेगूलाई घाइते बनाएका थिए।

कोइरालालाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्तराज भण्डारीले जानकारी दिए। घाइते सृजनालाई इलाम जिल्ला अस्पतालमा उपचार हुन नसकी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। उनी उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २६ श्रावण २०७६ १४:२० आइतबार

छुरा_प्रहार पक्राउ