अन्य

‘विकासमा ग्रामीण इन्जिनियरहरूको भूमिका महत्वपूर्ण’

मुलुकको विकासमा ग्रामीण इन्जिनियरहरूको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीले बताएका छन्। गाउँ नै गाउँले भरिएको विकासोन्मुख देश नेपालको विकासका लागि ग्रामिण इन्जिनियरहरुको योगदान आवश्यक भएको बताए।

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरबाट सिभिल एण्ड रुरल इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीको बिदाइ कार्यक्रममा गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले नेपालको विकास ग्रामीण इन्जिनियरहरूबाट हुने बताए। चार सय ६० वटा गाउँपालिका रहेको नेपालमा ग्रामीण इन्जिनियरहरूको भूमिका महŒवपूर्ण रहेको उनले बताए। नेपाल इन्जिनियरिङ कलेजका कार्यवाहक प्रिन्सिपल दीपक धामीले विद्यार्थीले के खोज्ने भन्दा पनि देशलाई के दिन सकिन्छ भन्ने विशेषमा ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा कलेजका एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसी, कलेजका सिभिल एण्ड रुरल इन्जिनियरिङ विभागका प्रमुख यमन ढकाल लगायतले कलेजमा सिकेका कुराहरूलाई अब व्यवहारमा उतार्ने समय आएको बताए। कार्यक्रममा शिक्षकका तर्फबाट गणेश शाह, विद्यार्थीका तर्फबाट पारस थापा र रश्मिता बञ्जाराले पढाईको चाढे चार वर्षको अनुभव सुनाए।

कार्यक्रममा विभिन्न पुरस्कार पनि वितरण गरिएको थियो। गोल्ड मेडल एण्ड प्रोग्राम टप अवार्ड अमित टोइलर र सब्जेक्ट अवार्डमा वाटर अवार्ड अभिषेक पोखरेलले पाए।
हालसम्म कलेजबाट दुई सय जनाभन्दा बढी विद्यार्थी सिभिल एण्ड रुरल इन्जिनियरिङको पढाइ पूरा गरिसकेको कार्यक्रममा बताइयो। चालू शैक्षिक सत्रदेखि पोखरा विश्वविद्यालयले पनि सिभिल एण्ड रुरल इन्जिनियरिङको पढाइ सञ्चालन गर्ने कार्यक्रममा जानकारी गराइयो। नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो।

प्रकाशित: ११ श्रावण २०७६ ०१:४५ शनिबार

ग्रामीण इन्जिनियर