अन्य

११ दिने अद्भूत यात्रा

पछिल्लो समय नेपालीहरू विदेश घुम्न जाने टे«न्ड बसेको छ। औसतमा नेपालीको पहिलो गन्तवय एसियाली मुलुक नै हुने गरेका छन्। त्यसमा पनि थाइल्याण्ड प्रमुख गन्तव्य हो। हामी पनि गएको वैशाखमा सिंगापुर, मलेसिया र थाइल्यान्ड घुम्न निस्कियौं।

यात्राका लागि त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलमा पुगेका हामी केही समयको इमिगे्रसनको झमेला पश्चात पहिलो सिंगापुर उडानकालाई प्रस्थान ग-यौं। मनमा उत्साह बोकेर हामी थाइ एयरवेजको उडानमा बैंकंक ट्रान्जिट हुँदै सिंगापुर ल्याण्ड भयौं। नेपालीले अनअराइभल भिसा सुविधा पाउँछन् सिंगापुर विमानस्थलमा। हामी रातको १२ बजे ल्यान्ड भयौं।

सफा र सुन्दर सिंगापुर ! रुख बिनाको कुनै पनि स्थान नरहेको जानकारी हामीलाई लिन आइपुगेका ड्राइभरले दिए। नियम कानुनमा निकै कडा सिंगापुरको बसाइभरि बस्दा, खाँदा, हिँड्दा, बाटो काट्दा, फोटो खिच्दा पनि अनजानमा नियमको उल्लंघन होला कि भनेर सतर्क हुनुपर्ने।

हामी नेपालीका लागि सिंगापुर महंगो छ। ५०० एमएलको पानीको बोतललाई एक सिंगापुर डलर (८१ रुपैयाँ ) खर्चिनु पर्छ। विविध रेष्टुरेन्ट र पसल रहेको मुस्तफा क्षेत्र पर्यटक र स्थानीयका लागि प्रख्यात रहेछ। त्यस क्षेत्रमा भारतीय रेष्टुराँ सञ्चालनमा भएकाले नेपालीले आफ्नो स्वाद भेटाउन सक्छन्। 

मरेना बे स्यान्ड्स पछिको सिंगापुर टुरको एउटा मुख्यआर्कषण सेन्टोसा आइल्यान्ड हो। दर्जनौ शो, संग्रहालय, केवलकार, मोनो रेल, समुन्द्री  किनारा, प्रकृतिको अवलोकन आदि थुप्रै आर्कषणले दिनभरर व्यस्त बनाउँछ। रोमाञ्चित बनाउँछ।

एउटा प्रस्तुतिले अंगे्रज शासन देखि विश्व युद्धको झझल्को दिँदै स्न १९६५, अगष्ट १को मिति बारम्बार सम्झाइराख्छ किनकि त्यो दिन सिंगापुर स्वतन्त्र भएको थियो। मलेसिया विभाजन पछि पछि स्रोत साधनको कमी विनै पनि मानव स्रोतको प्रयोगले मुलुकले कसरी विकासको गति लियो भन्ने दर्शाइदिन्छन्। केवलकारबाट भने अत्यन्तै मनमोहक दृष्यहरु देखिने। निलो समुद्र बीच पानीजहाज, समुद्री किनारा ,गगनचुम्बी भवन अनि हरियाली। हाम्रा देशका नेताहरूले भाषणमा नेपाललाई सिंगापुर जस्तो बनाइदिने भन्ने गरेको सम्झना भयो। र, त्यो दिन कहिले आउने हो भन्ने सोच्दै अन्य आर्कषणतर्फ लाग्यौं। वीङस् अफ टाइम छुटाउनै नहुने साँझ पछिको समयमा समुन्द्री किनारमा बसी हेर्नु पर्नेे विविध आर्कषण मध्य एक नम्बरमा रहेको शो हो। त्यहाँ नाटक र कथा संगै समुन्द्रको पानी र प्रकाशको मिश्रणयुक्त आश्चर्यजनक प्रदर्शनी गरिन्छ।

दिनभरको हस्याङ फस्याङ र रमाइलोले यति लखतरान भइन्छ कि विहान निद्रा खुल्नै मुश्किल। झण्डै मलेसियातर्फको यात्रा फुस्केको ! धन्न कोठै थर्किने आवाजको ल्यान्ड लाइन फोनमा ट्राभल एजेन्टले १० मिनेट भित्र होटलको लबीमा आइसक्न जानकारी दिए। समयको अनुुुशासनमा निकै कडा सिंगापुरेहरू। अघिल्लो दिन मात्र भनिएको समयमा उपस्थित नभएका एक भारतीय पर्यटक महँगो शूल्कतिरेर आफै भ्रमण टोलीलाई पछ्याउदै गएका रहेछन्। एअरपोर्ट र विमानमा खर्चिने समयलाई मध्यनजर गर्दै कन्ट्रिसाइड हेर्ने चाहना सहित करिब ७ घण्टाको दूरीमा रहेको मलेसिया पुग्यौं। हामी कोचमै पुग्यौं।

घुमफिरबाट फर्कंदा मनमा धेरै कुरा खेलिरहे–प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो नेपालमा सिंगापुर, मलेसिया र थाइल्याण्डमा जस्तै पर्यटकीय चहलपहल गराउन किन सकिँदैन ? पर्यटन विकासका लागि इमान्दार प्रयास भएमा हामी पर्यटनबाटै समृद्धीको भ-याङ चढ्न सक्छौं। त्यसका लागि भिजन भएका इमान्दार नेता र कर्मचारीतन्त्रको खाँचो छ।

त्यही बीचमा हामीले इमिग्रेसन पार ग-यौं। कोलालम्पुरमा टुइन टावर एक विषेश आर्कषण। केएल टावर अर्को भव्य आर्कषण। चाइना र इन्डियाको झल्कोे दिने चाइना टाउन र लिटल इन्डिया पनि घुम्न लायककै छ। शहर देखि केही पर गेन्टिङ हाइल्यान्ड गज्जबकै  छ जुन झलक्क हेर्दा काठमाडौंको चन्द्रागिरि जस्तै देखिन्छ। शिवको ठूलो मूर्ति र गुफा रहेको बेटु केभ हिन्दु धर्मवलम्वीहरूका लागि विशेषस्थल मानिन्छ।

खानपिन र किनमेल क्रममा त्यहाँका स्थानीयहरु हामी नेपालबाट भएको थाहा पाउने वित्तिकै नेपाली कामदारहरू सुरक्षागार्डमा धेरै रहेको जानकारी दिइहाल्थे। त्यहाँ भेटिएका नेपाली कामदारले लामो डियुटी अवधी, कम्पनीका कडा नियम, चितनबुझ्दो सम्झौता, जुनसुकै बेला जहाँसुकै सरुवा हुने, ओभर टाइम गर्न नपाउने आदि बाध्यात्मक परिस्थिति  सामना गरिरहनु पर्ने सुनाए। नेपालको बेरोजगारी अवस्था भन्दा दुःखै भए तापनि मलेसियामा काम गर्न पाएकामा चित बुझाएका रहेछन्।

घुमघामका बेला झोला विषेश गरि पर्स लुटिने वा चोरी हुनेमा सर्तकता अपनाउनु पर्ने कोलालम्पुरस्थित एक मस्जिद भ्रमण क्रममा त्यहाँ कार्यरत एक अधिकारीले सुझाए। सिंगापुरमा भने चोरी र लुट प्रति ध्यान नै दिनु नपर्ने। हामीले मोनो रेलको पनि अनुभव लियौ। रेल चढ्दै गर्दा नेपालमा केपी ओलीले ल्याउने भनेको मोनो रेलका कुरा सम्झिएँ। सवारी साधनको बढ्दो चाप र घण्टौ हुने सवारी साधनको जाम सम्झिरहेकामा कुन बेला नयाँबानेश्वरको सडक माथि मोनो रेल गुडिरहेको कल्पनामा पो पुगेछु। चाङसाउ स्टेशन आइपुग्यो भनी रेल भित्रै हुने गरेको अनाउसमेन्टले पो झस्किएछु।

चारदिन बसाइ पछि थाइल्यान्ड यात्राको लागी कोलालम्पुर अन्तराष्ट्यि विमानस्थलतर्फ लाग्यौ। निकै भव्य र व्यवस्थित विमानस्थल। थाइल्यान्डका लागि बढि उत्साहीत हामी थाई खानाको स्वाद चाख्दै कोकाकोलाको चुस्किलिइरहँदा विमानले शुवर्णभूमि अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुन लागेको जनकारी दिए।

निकै भव्य र विशाल रहेछ विनानस्थल। काठमाडौंबाट यहाँ ट्रान्जिट भई सिंगापुरका लागी उड्ने बेला रातको समय परेकाले विमान टेक अफ पछि विमानको झ्यालबाट देखिने विमानस्थलको दृश्य मनै लोभ्याउने खालको थियो।
थाइल्यान्ड भ्रमणमा थाई भाषा नबुझ्दा समस्यामा पर्न सकिन्छ तसर्थ एक दुइ वाक्य सिकेर घुमफिरमा निस्कँदा सजिलो हुने रहेछ। संवादमा समस्या भए पछि छोटो दूरीमै रहेको नाइट मार्केट जान पनि तीनजनासम्म सवार गर्न मिल्ने बाइकलाई २०० भाट तिर्नु प-यो। तर बाइक सवारको मज्जा छुट्टै थियो।

रातभर ननिदाउने पटाया शहर खानपिन र गीत संगीतमा झुम्नका लागिन निकै आनन्ददायी छ। त्यहाँ नाइट लाइफको आनन्द लिन सकिन्छ। मसाज सेन्टर ठाउँठाउँमै हुन्छन्। फुट मसाज विशेष रहेछ। त्यसै पनि विश्वमा थाई मसाज प्रख्यात छ। तीन सय भाट देखि शुरु हुने यसको मजा पनि लियौं।

पटाया आउनुको उदेश्य कोरल आइल्यान्डको अवलोकन गर्नु हो। त्यहाँ जाने क्रममा भने नेपाली टोलीसँग भेट भयो। स्पीड बोर्डमा गएका हामीलाई सुमुन्द्रको बीच बाटोमा राखियो र विभिन्न एडभान्चरस पानीमा खेलिने खेलहरूको जानकारीका साथै केही खेलका लागि अग्रिम टिकट  आवश्यक रहेको जानकारी दिइयो। तीन सय भाटप्रति खेल। अन्डरवाटर सि वाकको ¬(समुद्र मुनिजाने)भने सत्र सय भाट।

हाम्रो टोलीले सबै खेलको टिकट काट्यौ। पहिलो खेल प्यारासिलिङ जुन त्यही ठाउँबाट ग¥यौं। समुन्द्र माथि उड्न पाउँदा रोमान्चकता बयान गरि साध्यै छैन। तर यसको समय अवधि निकै छोटो हुने भएकाले चित नबुझ्ने रहेछ। त्यसपछि फेरि स्पीड बोर्डमा चढायौे र निकै एडभेन्चर मानिने अन्डरवाटर सि वाकका लागि रोकियौं। २० मिनेटसम्म समुद्रको तल्लो सतहसम्म लगेर त्यहाँ हुने जीव अवलोकन गराउने यो खेल अलिक फितलोे व्यवस्थापनले गर्दा सो ठाउँमा ‘रिक्स’ नै भएको नेपाली टोली बताउँदै थिए। हाम्रो समूहमा रहेका एकजनाले भने पानीमा डुबेको केही क्षण नबित्दै आफुलाई समुन्द्र बाहिर निकाल्न लगाएछन्। कमजोर मन भएकालाई यो खेल हुँदै हुन्न।

हामी सबैको महत्वपूर्ण कागजात र पैसा रहेका झोला हेर्न लगाएकी उनलाई समुन्द्रभित्र नलगेकोमा सही गरेछु भन्ने लाग्यो। यसमा सामान्य चाहिने मेडिकल जाँचको व्यवस्था नहुँदा आफै होशियार हुनुपर्छ। तर जे होस् यसमा मजा भने भरिपूर्ण छ। त्यसपछि भने सिधै बीचमा पु-याइयो। त्यहाँ बाँकी बनाना राइड र अन्य खेलहरूको मज्जा लिए पनि समय अभावले गर्दा बीचमा मस्ती भने गर्न पाएनौं।

बैंककमा भने सिटी टुरका लागी निस्कियौ। केही महत्वपुर्ण गौतम बुद्धका प्रतिमूर्ति रहेका धार्मिकस्थलहरू जस्तै गोल्डेन बुद्ध र रिकल्याइनिक टेम्पलको अवलोकन गर्नुका साथै जेम्स ज्वारलीको भ्रमण पनि गरियो। बैंकक सपिङका लागि प्रख्यात शहर मानिन्छ। यहाँ सामान्य सडक छेउका पसलदेखि ठूल–ठूला सपिङ मल छन्। ठाउँ हेरि सय भाटमै पनि राम्रा टिसर्ट पाउन सकिन्छ। तर अधिंकास मलहरू महंगा नै हुन्छन्। र्बमेली नेपाली प्रशस्तै भेटिए पटया र बैंककका पसलमा।

काठमाडौं र्फकने अन्तिम दिन भने दिनभर जसो बजार परिक्रमामा व्यस्त भइयो। त्यहाँ बसुन्जेल रातको एक दुइ बजे मात्र होटलमा पुग्थ्यौं हामी। हामीले घुमेका सिंगापुर, मलेसिया र थाइल्याण्डमा गर्मीको कुरा गरि साध्य छैन्। एसीको भर पर्नुपर्ने। पानी र जुस हातमै हुन्थ्यो हाम्रो। त्यतिबेला काठमाडौको मौसम सम्झन्थ्यौ।

न एउटा कुरा–नेपाली स्वादका पारखीलाई खानाका लागि समस्या हुने नेपालमै सुनेका थियौं। तर, खोज्न सकेमा भारतीय रेष्टुराँ छन्। त्यहाँ पुगेर सन्तुष्ट बन्न सकिन्छ। बिहान बेलुकै दालभात रुचाउने जीवनसाथी साङ्मोलाई खानामा समस्या प¥यो। उनले यात्राभर खोजीखोजी भात र पोर्क नै खाइन, स्वाद फरकै भए पनि। ठ्याकै नेपाली स्वाद नपाए पनि केही इन्डियन रेष्टुराँमा चित्त बुझाउन सकिन्छ।

मैले भने विविध परिकार चाखें, मिठै लाग्यो। हामीले अन्तराष्ट्रिय  खानाका फान्र्चाइज्को स्वाद लिन पनि छुटाएनौं।
ती देशमा जाँदा अर्को कुरा पनि थाहा पाइयो, त्यो के भने सबैतिर विन्दास भएर हिँड्न पाइँदो रहेनछ। जस्तो मलेसियाको बाटुकेभ (हिन्दू मन्दिर)मा र बैंकको कोरियन गुम्बामा छोटो कट्टुमा जान पाइँदैन। त्यहाँ भाडामा पहिरन पाइन्छ।

बजेट ट्राभलरहरूले पनी यी देशको भ्रमण गर्न सक्छन्। त्यसका लागि मितव्ययी बन्ने, सस्ता विमान चढ्ने र स्ट्रिट फुडको भर पर्नु पर्छ। सिंगापुर बाहेक अन्य मुलुकमा स्ट्रिट फुड लोकप्रिय छ। घुमफिरबाट फर्कंदा मनमा धेरै कुरा खेलिरहे–प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो नेपालमा सिंगापुर र थाइल्याण्डमा जस्तै पर्यटकीय चहलपहल गराउन किन सकिँदैन ? पर्यटन विकासका लागि इमान्दार प्रयास भएमा हामी पर्यटनबाटै समृद्धीको भ¥याङ चढ्न सक्छौं। त्यसका लागि भिजन भएका इमान्दार नेता र कर्मचारीतन्त्रको खाँचो छ।

प्रकाशित: १४ असार २०७६ ०२:३१ शनिबार

घुमफिर अनुभूति शनिबार