अन्य

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार स्थापना

पोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले यसै वर्षदेखि वितरण गर्ने गरी अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरेको छ। प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कारको राशि २५ हजार पाँच रुपैयाँ नगद, कदरपत्र र दोसल्ला रहेको छ।

पहिलो पटक यो पुरस्कार आगामी जेठमा प्रदान गरिनेछ। त्यसका लागि प्रतिभा छनोटका लागि नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन भएको छ। समितिको सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहाकार अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका सल्लाहाकार यमनाथ सापकोटा र समितिका अध्यक्ष ललित गुरुङ रहेका छन्।
अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्धन गर्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन तथा प्रसारण गर्ने एक जना सञ्चारकर्मीलाई सो पुरस्कारबाट पुरस्कृत गरिने समितिका अध्यक्ष ललित गुरुङले बताए।

पुरस्कार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वाारा आँउदो जेठ १६ देखि २० सम्म घान्द्रुकमा आयोजना हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समयमा वितरण गरिने समितिका मिडिया संयोजक टंकराज अधिकारीले जानकारी दिए।

प्रकाशित: २१ वैशाख २०७६ ०७:०४ शनिबार

अन्नपूर्ण_सेन्चुरी_पर्यटन_समिति अन्नपूर्ण_पर्यटन_पत्रकारिता_पुरस्कार