झापाको शिवसतासी नगरपालिका ११ का एक सय ८४ जना महिला मौरी पाल्छन् । घर नै पिच्छे मौरीका घार छन् । झापामा तोरी फुल्ने मौसम गए अन्यत्र जिल्लामा लगेर मौरी चराउछन् । यस पटक पनि मौरी लिएर महिलाहरु दाङ पुर्याए । पूर्वमा चरण क्षेत्र मासिदै गएपछी घारलाई घुमाउदै लैजानु उनीहरुको बाध्यता हो ।
श्री सताक्षी मौरीपालक सहकारी संस्थाकी अध्यक्ष टेकमाया थोप्राले महिलाको नेतृत्व गरेकी छिन् । महिला मात्रै छन्, सहकारीमा, उनले सुनाइन्, घरमै बसेका महिलाका लागि पनि उद्यम भयो । यस बर्ष मात्रै १८ लाख रुपैयाँ सहकारीले हात पार्यो । मौरी पालन ब्यवसायमा लागेका सम्पुर्ण महिला न्युन आय, भएका सामान्य लेखपढ भएका रहेका छन् । मैरी पालक महिलाले आफ्नो छुट्टै सहकारी नै स्थापना गरेर ब्यवसाय ब्यवस्थित गरिरहेका छन् । किसानबाट सहकारीमा बार्षिक रुपमा ६० टन मह उत्पादन गरेको सहकारी की व्यवस्थापक देवी ओलीले बताइन् । सहकारी मार्फत मौरी पाल्ने महिलाले न्युनतम पनि १ लाख रुपैयाँ बार्षिक रुपमा बुझ्छन् । ओलीका २ सय घारबाट बार्षिक २० लाख रुपैयाँ कमाइ गर्छिन् । न्यूनतम लगानी छ, अधिकतम आम्दानी हुन्छ, ओलीले भनिन, अहिले सहकारीमा लागेका सबै महिलाहरु आर्थिक रुपमा सबल बनेका छन् । सहकारी संस्थामा रहने महिलाका २ हजार ५ सय घार छन् । मह काठमाण्डौदेखि ताप्लेजुडसम्म माग हुन्छ ।
महको मुल्य समेत फरक फरक छ । तोरीको महको ३सय रुपैयाँ, फापरको ३५० रुपैयाँ, जंगली मौरीको महको ४ सय रुपैयाँ सहकारीले सदस्यलाई भुक्तानी गर्छन् । त्यसमा पनि २० प्रतिशत बोनस थप गरिएको छ । सहकारीले मह मात्रै बेचेर बार्षिक डेढ करोड आम्दानी गर्छ । व्यवस्थापक ओलीले त ४५ क्वनीन्टल मह बेच्छिन् । अझै त्यो बढछ, उनले भनिन, सिजन अझै जेठ सम्म रहन्छ । शुरुमा २ जनाबाट शुरु गरेको यो काम अहिले मुलुकभर चर्चित छ । कतिपयले त मह नै बेचेर घर बनाउनु भयो,घरमै बस्ने महिलाहरु यो पेशामा हुनुहुन्छ, उनले भनिन, सम्मान पनि मिलेको छ, कमाइ पनि मनग्गे छ ।
बिगतमा ओलीको पनि समस्या कम थिएन् । काम केही थिएन दैनिक छोराछोरी बढेसँगै खर्च समेत बढेर जान थालेको थियो । आम्दानी नभएपछि पैसाका कारण श्रीमान श्रीमती बीचमा दैनिक झगडा समेत हुन थाल्यो । झण्डैझण्डै छोडपत्र गर्ने अवस्थासम्म पुगियो । सुरुको अवस्थामा समुहमा आबद्ध भएर बचत गर्दै जाँँदा महिलाले सामुहिक रुपमा नै तालिम लिएर मौरी पालन गर्न थालेका हौं, दाहालले भनिन, अहिले त कृषि सँगै अन्य पेश ागर्नेले समेत मनग्गे कमाउन थालेका छन् ।
सहकारी की उपाध्यक्ष धनमाया थापालाई मौरी पाल्न थाल्दा पत्याएनन् । ‘कत्रो कत्रो खेती गर्दा गाईभैंसी पाल्दा नभएको यस्तो जाबो झिँगा पालेर पनि काँही उभोलागिन्छ ।’भनेर पनि भने, उनले सुनाइन्, तर हरेश खाइन्, अहिले राम्रो आम्दानी गरेको छु । उनल् निरन्तर मौरी पालन गर्दा अहिले ८० घार मौरी पाल्न सफल भएको बताछिन् । मौरी पालनबाट गत बर्षमात्र १९ सय केजी महबाट १३ लाख रुपयाँ आम्दानी गरिन् । राधा पठक र फुलकुमारी चौधरी समेतले मौरी पालनमा सफल भएका छन् । स्थानीय सरकारले भने सहयोग नगरेको गुनासो उनको छ ।
झापाको कमल गाउँपालिकाका महिलाहरुले सहकारी मार्फतै जैविक खेती गर्दै अर्गानिक भिलेज बनाउन लागेका छन् । कमल–१ बाह्रबिघेका महिलाहरु जैविक खेती गरेर रसायनिक बिषादी र मललाई हटाउदै छन् । त्यसका लागि उनीहरुले बिषादीलाई बिस्थापन गर्दै प्रागंरिक मल मार्फत खेती थालेका हुन् ।
उनीहरुले २ वर्ष देखि यहि लक्ष्यलाई पछ्याएका छन् । महिलाहरुको अग्रसरतामा गठित बाह्रबिघे कृषि सहकारी संस्थाका कुनै पनि सदस्य परिवारले खेती गर्दा अचेल रसायनीक मल र बिषादीको प्रयोग गर्दैनन् । समुहकी अध्यक्ष अम्बिका उप्रेतीका अनुसार किसानले जैविक मल र बिषादी बनाउने तालिम समेत लिएका छन् । हामी गाउँलाई नै अर्गानिक भिलेज बनाउन लागेका छौ, उनले भनिन्, त्यसको अनुशरण अन्यत्र समेत भइरहेको छ ।
‘छोरा मान्छे त अरु कामका लागि पनि बाहिर जानु हुन्छ, तर हामी घरमा हुने महिलाहरुलेनै खेतीमा बढि समय दिने भएकाले जैविक मल र बिषादी मात्रै प्रयोग गर्न थालेका छौं’उनले भनिन्–‘हामी फलाउनेले कुरो बुझ्यौं भने अब बिस्तारै उपभोक्ताहरुले पनि कुरो बुझ्न थाल्नु हुन्छ । ’
गाउँपालिकाबाट आईपीएम तालिम तथा जैविक मल र बिषादी बनाउन तालिम लिए पछि अर्गानिक तर्फ रुची बढेको हो । शुरुमा त उत्पादन केही कमै भयो, उप्रेतीले भनिन, क्रमश उत्पादन पनि बढदै गयो, आम्दानी पनि बढयो । गाउँपालिकामा ७२ वटा कृषक समूह मध्ये १५ वटा समूहले पूर्णरूपमा विषादीमुक्त खेती गर्दै आएका छन् । २०५५ सालमा साना किसान परियोजना मार्फत काम थालेकी मिना ढकाल अहिले मुलुककै अगुवा सहकारीको नेतृत्व गरेकी छिन् । उनकै अगुवाईमा महारानीझोडा महिला साना किसान सहकारी मार्फत आर्थिक सम्बृद्धिको सपना देखिरहेकी छिन् । उनको सहकारीमा २ हजार ५ सय सदस्य सबै महिला छन् । तीनलाई आत्मनिर्भर बनाउने सबै भन्दा ठुलो चुनौति छ, उनले भनिन, सहकारीमा माध्यमबाट रोजगारी र आर्थिक सम्पन्नता समेत ल्याउने भनेर लागेका छौ ।
सहकारीले नमुना सहकारी खेती, बिऊ बिजन प्रशोधन केन्द्र सहित धेरै उद्योग सन्चालनमा ल्याएको छ । सहकारी खेतीका सबै सदस्यले खेती एकिकृत नमुना सहकारी खेतीलाई २५ बर्ष सम्म दिएका छन् । ७२ घरकोे जमिन आफनो छ तर उत्पादन चहीँ सहकारीले गर्छ । भुक्तानी मात्रै सदस्यले लिन्छन् । १ कठ्ठा देखि २ बिगाह जग्गा ती परिवारको छ । जम्मा ८० बिगाह जग्गा सहकारी खेतीले लिएको छ । त्यसमा बर्षेनी धान वापत बिगाहको ३२ मन धान जग्गाधनीले पाउने छन् । अनि खेतीको काममा सहयोग गरे भने घन्टाको ५० रुपैयाँ समेत श्रम वापतको रकम पाउछन् । नमुना खेतीको शुरुवात गर्ने महारानीझोडा सानाकिसान सहकारी संस्थाकी अध्यक्ष मिना ढकालका अनुसार यो काम शुरु गर्न शुरुवाती चरणमा धेरै अप्ठेरो परेको थियो । अहिले त सबै तिरका जग्गाधनीहरु आएर जग्गा लिइदिन अनुरोध गर्न थालेका छन्, उनले सुनाइन्, अब हामीले चौघेरा भित्रको ८० बिगाह जग्गा लिएका छौ, यसलाइ नै व्यवस्थित गर्दै लैजाने छौ ।
नमुना खेतीमा धानको मात्रै काम हुदैन । ५२ वटा गाइ छन् । अब मकैको चिउरा निकाल्ने उद्योग पनि धमाधम स्थापना हुदैछ । बागबानीमा आँप, लिची, कागती २ बिगाहमा लगाइएको छ । सवा बिगाहमा माछा पोखरी छ । किमुमाइल प्रशोधन गर्ने उद्योग समेत छ । मकै, गहुँ, जैघास, तोरी, हिउँदे धान पनि उत्पादन हुन्छ । तर खेती गरिएका सबै जग्गाका धनी भने अरु नै छन् ।
सहकारी खेतीमा सलग्न भएकी सकुन्तला घिमिरेले अचार समितिकी अध्यक्ष हुन् । उनी सहितको समुहले अचार बनाउछ । सहकारीले बजारको प्रबद्र्धन गरिन्छन, उत्पादन गर्ने हो, उनले भनिन, घरमै बसेका महिलाहरुलाई यसले अर्को रोजगारी समेत दिएको छ । सहकारी खेतीमा धान खेती चहीँ महारानीझोडा ५ को मैदानघोपा र चिउरा मिलमा १ सय ५० बिगाहमा खेती गरिएको छ ।
प्रारम्भिक चरणमा खेतको उपचारका लागि २१ मेट्रिक टन कृषिचुन उपयोग भएको छ । समुहमा खेती गर्न थाले पछि जोत्ने, रोप्ने, काट्ने, झार्ने लगायतका काम मेशीनबाट हुने गरेका छन् । साना किसान सहकारीले प्रबद्र्धन गरेको बिऊ बिजन प्रशोधन केन्द्रमा उत्पादन गरेको धान गएर प्रशोधन हुन्छ । अनि बिऊका रुपमा बजारमा जान्छ । सहकारी संस्थाका व्यवस्थापक चिरन्जीवी भण्डारीले किसानले बजारको भन्दा केही रकम बढीमै धान सहकारी खेतीले दिने गरेको बताए । बजारमा लगेर विक्री गर्दा अत्यन्त न्युन मुल्य हुन्छ, भण्डारीले भने, हामी बजारको भन्दा बढी मुल्य दिएर प्रशोधन गछौ । प्रशोधन केन्द्रमा धानको सँगै मकैको समेत प्रशोधन भएर विऊका रुपमा विक्री गरिन्छ । भण्डारीले नमुना खेतीले उत्पादन गरेको सबै बाली सहकारीले नै प्रबद्र्धन गरेको प्रशोधन केन्द्रमा जान्छ अनि त्यसले प्रशोधन गरेर बजारमा पठाउछ ।
उनका अनुसार सहकारीले किसानलाई आर्थिक रुपमा सम्पन्न गराउनका लागि समेत यस्ता योजना ल्याएको छ । न्युन मुल्यमा धान विक्री गर्नुपर्ने बाध्यतामा रहेका किसानलाई बढी मुल्यमा ल्याएर भण्डार समेत गरिन्छ, अनि प्रशोधन गरेर विऊका रुपमा विक्री गरिन्छ, उनले भने, अहिले हामीलाई विऊको माग धान्न मुस्किल परेको छ । सहकारीले नै प्रबद्र्धन गरेर अहिले मकैको चिउरा कन्फेक्स बनाउने उद्योग समेत बनाउदैछ । अब त्यसमा किसानले उत्पादन गरेकै मकै खरिद हुन्छ, उनले सुनाए, सबै किसानलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौ ।
सरकारले अहिले घोषणा गरेको पर्यटकीय केन्द्रका रुपमा यो खेती पनि परेको छ । खेती थालिएको पाचौ बर्षमा यसले धेरै उचाइ पाएको छ । सहकारी संस्थाकी अध्यक्ष मिना ढकालका अनुसार धेरै देशका राजदूतले समेत यो खेती प्रणालीको प्रशंसा गरेका छन् । सहकारी खेतीमै होम स्टे समेत बन्दै छ । राष्ट्पतिदेखि मुलुकमा कार्यकारी प्रमुख सहित अन्य नेताहरुले समेत यसलाई प्रशंसा गरेका छन्, उनले भनिन, हामी नमुना पर्यटकीय केन्द्र र नमुना खेती बनाउने प्रणमा छौ । मकै उद्योग पछी दुग्ध प्रशोधनको लागि उद्योग ल्याउने तयारी छ । किसानको दुधले मुल्य पाएका छैनन्, हामीले त्यसको तयारी स्वरुप गाई पालेका छौ, उनले भनिन, अर्को बर्ष हामी सबै किसानको दुध खरिद गरेर प्रशोधन गर्ने तयारी गरेका छौ ।
प्रकाशित: ११ वैशाख २०७६ ०७:०७ बुधबार