अन्य

गर्मीमा खानुस् यी खानेकुरा

गर्मी मौसम सुरु भइसकेको छ। यो मौसममा शरीरलाई शीतलता दिन आवश्यक हुन्छ। गर्मीमा शरीरलाई शितलता दिन विभिन्न फलफूल खान सकिन्छ।
खरभुजा
खरभुजा स्वादिष्ट र पानीले भरपूर फलफूल हो। यसको सेवन गरे शरीरलाई गर्मीबाट जोगाउँछ। यससँगै शरीर तन्दुरुन्त राख्न पनि सहयोग पु-याउँछ।
काक्रा
काक्रा पनि शितलता दिने फलफूल हो। यसमा पनि पानी मात्रा हुन्छ। काक्राको स्वाद हुँदैन। तर, यसका धेरै फाइदा छन्। काक्राको सेवन गरे पाचन राम्रो गर्नुका साथै छालामा पनि निखार ल्याउँछ। यसलाई सलादका रूपमा र जतिबेला पनि खान सकिन्छ।
टमाटर
टमाटर फल कि तरकारी भन्नेबारे फरक–फरक मत पाइन्छन्। जे भए पनि टमाटर खानुका धेरै फाइदा छन्। यसलाई सलादका रूपमा खान सकिन्छ। यसमा भएको एन्टिअक्सिडेन्टले विभिन्न रोगबाट जोगाउँछ।

 

प्रकाशित: ७ वैशाख २०७६ ०२:२१ शनिबार

गर्मी_मौसम शरीर फलफूल