अन्य

जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ

फाइल फोटो

विवाहमा दाइजोको रूपमा रूपैया–पैसा, गाडी दिनु आम चलन हो। तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिने चलन छ।

उक्त समुदायले दाइजोको रूपमा २१ विषालु सर्प दिने गरेका छन्। यो परम्परा सदियौंदेखि चल्दै आएको छ। सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्यता छ। भनिन्छ– केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन्।
यस समुदायका बच्चाहरू सर्पदेखि डराउँदैछन्। बरु सर्पसँगै खेलिरहेका देखिन्छन्।

खासगरी यो समुदायको पेशा सर्प समात्ने हो। यी समुदायका मान्छेहरू अरुलाई सर्प देखाएर पैसा कमाउँछन्। विवाहमा दाइजोको रूपमा सर्प दिनुको कारण हो– सर्प समातेर कमाइ गर्न सकियोस्। यस समुदायमा सर्पलाई सुरक्षित राख्नका लागि नियम पनि बनाइएको छ। यदि सर्प टोकरीमा मर्यो भने परिवारको पूरै सदस्यले टाउको मुण्डन गर्नुपर्छ। र, आफ्नो समुदायका सबै मानिसलाई बोलाएर भोज खुवाउनुपर्छ।

प्रकाशित: ७ वैशाख २०७६ ०२:१२ शनिबार

विवाह दाइजो