अन्य

भूकम्पले ढाल्न नसकेका धरोहर

वैशाख १२ गतेको भूकम्पले थुप्रै कुरा ढाल्यो। थुप्रैलाई आफन्तबाट छुटाएर लग्यो। तर, भूकम्पको चपेटामा परेर पनि जोगिएका केही व्यक्ति र सम्पदा छन्, जसले भूकम्पको नमिठो चर्चामा पनि उत्साह सञ्चार गरिदिन्छ। ती आशाका यस्ता त्यान्द्रा हुन्, जसलाई देखेपछि भूकम्प पनि हारेको महसुस हुन्छ।   टौमडीस्थित पाँचतले मन्दिरअगाडि उभिएका  पाँच वर्षीय सोनिश अवाललाई देख्दा यस्तै अनुभव भयो।

वैशाख १२ गतेको भूकम्पलगत्तै भक्तपुरमा धेरैको चासो थियो, पाँच तले मन्दिर के भयो ? अनि जमिनमा पुरिएको पाँच महिने बालकको अवस्था के छ ? नगरपालिकामा मात्र झण्डै ६ हजार घर भत्किए, सयौंको  मृत्यु भयो। तर, १८ औं सताब्दीको सुरुवातमा बनेको १०८ फिट अग्लो पाँचतले मन्दिर जोगियो। यससँगै २२ घण्टापछि सकुशल उद्धार गरिएका पाँच महिने बालकले भक्तपुरमा मात्र होइन, संसारभर खुसी छरिदियो।
सोनिश अहिले ५ वर्षका लागेका छन्।  भक्तपुरको डेकोचास्थित उनको डेरामा सधैंझैं यस पटक पनि पत्रकारको ओहोर–दोहोर सुरु भइसकेको छ।  वैशाख १२ नजिकिनेबित्तिकै भूकम्पको कथा लेखिने प्रमुख पात्रजस्तै बनिसकेका छन्, उनी।

वैशाख १२ गतेको भूकम्पलगत्तै भक्तपुरमा धेरैको चासो थियो– पाँचतले मन्दिर के भयो ? अनि जमिनमा पुरिएको ५ महिने बालकको अवस्था के छ ? नगरपालिकामा मात्र झण्डै ६ हजार घर भत्किए। सयौंको मृत्यु भयो। तर, जोगिएको १८ औं सताब्दीको सुरुवातमा बनेको १०८ फिट अग्लो पाँचतले मन्दिर र २२ घण्टापछि सकुशल उद्धार गरिएका ५ महिने बालकले भक्तपुरमा मात्र होइन, संसारभर खुसी छरिदियो।

विगतमा सोनिशकी आमा रश्मिलालाई मात्र सोधेर लेखिनुपर्ने समाचारका मुख्य पात्र अब आफै पनि तोते बोलीमा केही बोल्न सक्ने भइसकेका छन्। चर्चित तस्बिरमा धुलाम्मे अनुहारमा देखिएका सोनिश अहिले ‘सोनिश’ भविष्यको के भन्ने बारेमा बताउन सक्ने भइसकेका छन्।
‘म त ठूलो भएपछि आर्मी बन्ने,’ पत्रकारको प्रश्न सोध्न नपाउँदै उनले भने, ‘अनि चोरलाई भगाउने।’

भर्खरै नर्सरीबाट एलकेजीमा प्रवेश गरेका सोनिशलाई परिवारका सदस्यले मात्र होइन, विद्यालयका शिक्षक र साथीभाइबाट भूकम्पमा उनी पुरिएको आर्मीले जोगाएको कुरा सुनाइसकेका छन्। अनि उनकै बेडरुममा राखिएको  उद्धार  गरिँदै गरेको तस्बिरले पनि उनलाई धेरै कुरा सम्झाएको छ। ‘ऊमाथि हेर्नुस् त म पुरिएको बेला आर्मीले निकाल्दै गरेको,’ उनले हास्दै भने, ‘अब त म ठूलो भइसकेँ।’ नेपाली सेनाले उनको पढाई खर्चबापत वार्षिक ५० हजार दिने गरेको रश्मिलाले सुनाइन् ।

सोनिस बाँचेको कथा
भूकम्पले सारा मुलुकलाई रुवाइरहेको समयमा २२ घन्टापछि उद्धार गरिएको बालकको खबरले मुलुकवासीलाई संसारभरका मानिसलाई आशाको सन्देश दियो। झन्डै १० हजार मानिसको मृत्युको शोकले अँध्यारोमा डुबेको क्षणमा पाँच महिनाको यो बालक आशाको दियो बनेर चम्किएका थिए।  उनको सकुशल उद्धार कुनै चमत्कारभन्दा कम थिएन ।

 यी आशाका यस्ता त्यान्द्रा हुन्, जसलाई देखेपछि भूकम्प पनि हारेको महसुस हुन्छ।   टौमडीस्थित पाँचतले मन्दिर अगाडि उभिएका पाँच वर्षीय सोनिश अवाललाई देख्दा यस्तै अनुभव भयो।

वैशाख १२ गते मूलढोका–४ की रश्मिलाको पाँच महिनाको सोनिस र १० वर्षीया छोरी सोनियालाई घरमै छाडेर बाहिर निस्केकै थिइन्। अचानक भूकम्म आयो। बाटाका घर  गल्र्याम–गुर्लुम ढले। उनी जेनतेन जोगिइन्।  उनलाई पुरानो घर र भित्र रहेका नाबालक सन्तानका चिन्ताले सतायो।
उनी आत्तिदै फरक्क फर्किन्। उनको घर पनि  पूरै भत्किएको थियो। आफ्ना दुई सन्तानसहित जेठानीका दुई छोरी त्यहिभित्र  पुरिएका थिए। उनले हारगुहार गरिन्। करिब दुई घण्टाको प्रयासपछि छोरी सोनियाको  सकुशल उद्धार भयो। जेठानीका १७ र १५ वर्षका दुवै छोरी मृत भेटिए। तर, सोनिशको अझै अत्तोपत्तो थिएन।  

त्यहि क्रममा उद्धारका लागि आएको नेपाली सेनाको एक टुकडीलाई उनले सहयोगको आग्रह गरिन्।  नेपाली सेनाको टोली तत्कालै घरको भग्नावशेष पन्छाउन थाल्यो। र, टोलीले बच्चा रोएको आवाज सुन्यो। तर, ठाउँ यकिन गर्न सकेन। वरपरबाट थुप्र्रै सर्वसाधारण जम्मा भइसकेका थिए। ती सबै एउटा जीवन बचाउने अभियानमा जुटे।

रातको ११ बजेसम्म नेपाली सेनाले अथक प्रयास गरे। तर, सोनिश भेटिएनन्। १३ गते बिहान उज्यालो नहुँदै नेपाली सेनाको टोली पनि आइपुग्यो र बच्चा रोएको आवाज भएतिरकै भाग पन्छाउन थाल्यो। निकै होसियारीका साथ उनीहरूले काम गरेका थिए। बालक जिउँदै रहेको थाहा पाए पनि अलिकति गल्तीले जीवन जोखिममा पर्ने थियो। अनवरतको प्रयासपछि बिहान १० बजे सोनिश सकुशल फेला परे। शोकमा डुबेको मूलढोकामा अचानक खुसी छायो। खुसीको तरंग सबैतिर फैलियो।

सोनिशको घर अझै बनेन
भूकम्पको लामो समय बित्दा पनि राज्यले केही वास्ता नगरेको रश्मिलालाई चिन्ता छ। उनको घर अझै बन्न सकेको छैन। उनीहरू भक्तपुरको मूला ढोकामा बसिरहेका छन्। लालपुर्जा नभएका कारण राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको उनी सुनाउँछिन्।
‘हामी त सुकुम्बासीजस्तै भयौं,’ उनले भनिन्, ‘भएको जमिन पनि नगरको मापदण्डमा पर्यो रे, त्यसैले राहत पनि पाउन सकेनौं।’  

तस्बिरका अर्का पात्र
सोनिशको उद्धारको तस्बिर प्रकाशित भएको केही समयमै देश–विदेशमा चर्चित बन्यो। २२ घन्टासम्म पुरिएको बालकको सकुशल उद्धारको त्यो तस्बिरले धेरैलाई आशा जगायो। तस्बिरमा सोनिश अवालसँगै अर्को एक नेपाली सेनाको अनुहार पनि देखिन्छ। कतै उनले बालकलाई काखमा लिएको देखिन्छ त कतै अनुहारको धुलो उडाउँदै गरेको। उनी थिए– नेपाली सेनाका सुवेदार दीपक राई।

वैशाख १२ नजिकिनेबित्तिकै भूकम्पको कथा लेखिने प्रमुख पात्रजस्तै बनिसकेका छन् सोनिश अवाल। विगतमा सोनिसकी आमा रश्मिलालाई मात्र सोधेर लेखिनु पर्ने समाचारका मुख्य पात्र अब आफै पनि तोते बोलीमा केही बोल्न सक्ने भइसकेका छन्।
‘म त ठूलो भएपछि आर्मी बन्ने,’ पत्रकारको प्रश्न सोध्न नपाउँदै उनले भने, ‘अनि चोरलाई भगाउने।’

वैशाख १२ को विनाशकारी भूकम्पले जनधनको क्षति गरेपछि १ नम्बर विपत् व्यवस्थापन गण, सुन्दरीजलमा कार्यरत उनी टोलीसँगै भक्तपुर पुगेका थिए। बच्चा पुरिएको भग्नावशेषमा राई सहितको  टोली मुभ भयो। खोज्न सुरु गर्यो। ‘घटनास्थल र परिवेश हेर्दा हामीलाई पुरिएको बालक जिउँदो होलाजस्तो लागेको थिएन,’ उनले भने, ‘तर हामी एकदम होसियारीका साथ भग्नावेश पन्छाउँदै खोजी जारी राख्यौं।’

‘उद्धारको अन्तिम चरणमा बच्चा रोएको मधुरो आवाज मेरो कानमा प-यो,’ उनले भने, ‘तब मात्र बच्चा जिउँदै छ भन्नेमा म विश्वस्त भए ।’ माटाको धुलो र खुर्सानीको पिरोले त्यहाँको वातावरण निकै कष्टप्रद रहेको उनले बताए।  जब उनी शिशु नजिक पुगे, तब निकै खुसी भए। उल्टो कुर्सीको मुनि शिशु सुतिरहेका थिए। खुट्टामा अलिकती किचिएको थियो। अनुहारमा धुलो थियो। उनी नजिकै गए र शिशुलाई बिस्तारै बाहिर निकाले। शिशुको अनुहार नियाले। निस्सासिलो वातावरणमा रहेको शिशु खुलामा आएलगत्तै मुस्कुराएको उनले बताए।
‘जिन्दगीको निकै खुसीको क्षण थियो,’ उनले भने, ‘हाम्रो टोली निकै हर्षित भयो।’
 
चर्चित तस्बिरका फोटोग्राफर
भक्तपुर, झौखेल–८ का अमुल थापाले वैशाख १३ गते बिहान खिचेको सोनिशको तस्बिरले नाम र दाम दुवै दिलायो। उनी सोनिशलाई जहिले देखे पनि खुसी मिल्ने गरेको सुनाउँछन्। ‘त्यो मेरो खुसीको तस्बिर हो,’ उनले भने, ‘यसले मसँगै धेरैलाई खुसी बनाएको छ।’

प्रकाशित: ७ वैशाख २०७६ ०१:३८ शनिबार

भूकम्प पाँचतले_मन्दिर भक्तपुर