अन्य

बिस्काःभित्रका गुमनाम जात्रा

बिस्का: (बिस्केट) जात्रा भन्नेबित्तिकै धेरैले सम्झने गर्छन्– लिंगो उठाउने, ढाल्ने अनि रथ तान्ने। तर, नौ दिन आठ रात लामो जात्राको आकर्षण यतिमा मात्रै सीमित छैन। बरु योभन्दा धेरै जात्रापर्व यहाँ चल्छन्, जुन प्रचारप्रसारमा आउन सकेको छैन।

बिस्काः जात्रा सुरु भएको चौथो दिन अर्थात् चैत मसान्तमा भक्तपुरको खौमामा इन्द्रायणीको तिप्वा जात्रा हुन्छ। गत वर्ष चैत ३० गते राती यो जात्रा मनाइएको थियो। जात्रामा सहभागी हुने भक्तालु चिराग बाल्ने गरेका छन्। कतिले धुप, बत्ती, सुकुन्दा बाल्ने गरेका छन्।  

भैरव र भद्रकाली रथ जुधाउने जात्रा
बिस्काः जात्राको क्रममा यहाँ दुई रथ बनाइन्छ, एउटा भैरवको र अर्को भद्रकालीको। दुवै रथ पाँचतले मन्दिर अगाडि नै राखेर नै काठैकाठबाट बनाइन्छ। भैरवको रथ ठूलो र अग्लो हुन्छ भने भद्रकालीको रथ सानो र होचो।जात्राको अर्को आकर्षण भैरव र भद्रकालीको रथ जुधाउने जात्रा हो। प्रत्येक वर्ष वैशाख १ गते साँझ ल्योसिंखेलमा ५५ हात लामो लिंगो ढालिसकेपछि यो जात्रा हुन्छ। स्थानीय गःहिटी टोलमा भैरव र भद्रकालीको रथ संगम जात्रा हुने गर्छ। यसलाई भैरव र भद्रकालीको विवाहको रूपमा पनि लिने गरिन्छ।

बिस्काः जात्राको अर्को आकर्षण भैरव र भद्रकालीको रथ जुधाउने जात्रा हो । प्रत्येक वर्ष वैशाख १ गते साँझ ल्योसिंखेलमा ५५ हात लामो लिंगो ढालिसकेपछि यो जात्रा हुन्छ ।

महाकाली र महालक्ष्मीको जात्रा
बिस्काः जात्राको अर्को आकर्षण महाकाली र महालक्ष्मीको जात्रा हो। यो जात्रा प्रत्येक वर्ष वैशाख २ गते हुने गर्छ। भक्तपुरको लाछी टोलमा धुमधामसँग यो जात्रा मनाइन्छ। जात्राका क्रममा महाकाली द्योछे ९देवता घर०बाट मूर्तिलाई विमान आकारको खटमा राखी भोलाछेंबाट जात्रा सुरु गरिन्छ। जात्राको अवसरमा जात्रालुले एकातर्फ पहेँलो टोपी र अर्कोतर्फ रातो टोपी लगाउने परम्परा छ। जात्राका क्रममा मध्यभागमा महाकाली र महालक्ष्मी भेट भएपछि दुवै खटलाई जुधाइ संगम गराउने प्रचलन छ।

ब्रम्हायणी र महेश्वरीको जात्रा
यो जात्रा प्रत्येक वर्ष वैशाख ३ गते मनाइन्छ। ब्रम्हायणी र महेश्वरीको यो जात्राको क्रममा भक्तपुरको सूर्यमढीस्थित द्योछे ९देवता घर० मा रहेको ब्रम्हायणीको मूर्तिलाई खटमा राखी जात्राको प्रारम्भ गरिन्छ। स्थानीय टोलका बालबालिकादेखि लिएर वृद्धासम्मले समेत चिराग र मुस्याख्व ९बत्ती० बाली खटको अगाडि लाग्छन्। स्थानीय इनाचो टोलमा रहेका महेश्वरी द्योछें ९देवता घर०को मूर्तिलाई खटमा राखी शृंगारपटारका साथ जात्रा सुरु गरिन्छ। यी दुवै देवीको आ–आफ्नो इलाकामा जात्रा सुरु गरेपछि स्थानीय दत्तात्रय चोकको बीच भागमा आइपुग्दा भेट गराई दुवैको रथ जुधाइन्छ। यसबेला दुवै खटको प्रसाद साटासाट गरिन्छ। दुवैले आ–आफ्नो चिराग बत्तीसमेत साटासाट गर्ने प्रचलन छ।

छुमा गणेश जात्रा
बिस्काः जात्राको आठौं दिन अर्थात् वैशाख ४ गतेका दिन छुमा गणेशको जात्रा गरिन्छ। यसबेला शक्तिका देवता छुमा गणेशको मूर्तिलाई खटमा राखी भक्तपुरको चोछें टोलमा परिक्रमा गराई जात्रा मनाइन्छ। स्थानीय टोलवासीले जात्राका क्रममा घरघरबाट बलिसहितको पूजा चढाउने गरिन्छ।

द्यो स्वगं वियगू जात्रा
यो बिस्काः जात्राको क्रममा हुने एउटा मुख्य आकर्षक जात्रा हो। यो जात्रा प्रत्येक वर्ष बिस्काः जात्राको क्रममा वैशाख ४ गते अर्थात् जात्रा समापनको एक दिनअघि हुने गर्छ। स्थानीय नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू भनिन्छ, जसको नेपाली अर्थ देवतालाई सगुन चढाउनु हो। जात्राको क्रममा सहभागी प्रत्येकले नगरभरिका शक्तिपीठमा पुगेर आफूलाई इच्छाएको खाद्यवस्तु सगुनका रूपमा चढाइन्छ।

जात्राका क्रममा महिला बाजागाजाका साथ नगर परिक्रमा गर्छन्। उनीहरू स्थानीय परम्परागत पोशाक हाकुपटासी ९कालो फरिया०मा सजिएर भक्तपुरका विभिन्न देवस्थलमा सगुन चढाउँछन्। अण्डा, दूध, रक्सी, मिठाई, चकलेट, चोकोपन, बिस्कुट लगायतका इच्छाएको एउटा–एउटा परिकार देवतालाई सगुनका रूपमा चढाइन्छ। जात्रामा पुरुष पनि सहभागी हुन्छन्। बिहानदेखि सुरु हुने यो जात्रा लाइन वसेर नगर परिक्रमा गर्नुपर्ने भएकाले दिनभर लाग्छ।
अन्तमा   
भक्तपुरको बिस्काः जात्रा प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअगाडि ९यो वर्ष वैशाख २७ गते० देखि वैशाख ५ गतेसम्म चल्ने गर्छ। यति लामो जात्रामध्ये भैरवनाथको रथ तान्ने, लिंगो उठाउने र ढाल्ने मात्रै प्रचलित छन्।

प्रकाशित: २ वैशाख २०७६ ०६:३० सोमबार

बिस्केट जात्रा