अन्य

४० व्यक्तिद्वारा मृत्युपछि अंग दानको घोषणा

दुःखी, असहाय र उपचार नपाएकाका लागि भन्दै ४० भन्दा बढी व्यक्तिले आफ्नो मृत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका छन् । सामाजिक संस्था नवजीवन परोपकार समाजको प्रथम साधारणसभा कार्यक्रममा ती व्यक्तिहरूले मृत्युपछि आफ्नो अंग दानको घोषणा गरेका हुन् ।

गत शुक्रबार सम्पन्न कार्यक्रममा उपस्थित भएका विभिन्न संघसंस्थाका सदस्यसँगै व्यक्तिले आफ्नो मृत्युपछि शरिरका विभिन्न अंग दान गर्ने घोषणा गरेको समाजका अध्यक्ष दुर्गानाथ दाहालले जानकारी दिए । उनका अनुसार छाला, आँखा लगायतका दान गर्न मिल्ने अंग दान गर्ने घोषणा भएको हो ।

कार्यक्रममा पूर्वडिआइजी रमेश खरेल, नायक निखिल उप्रेती, विभिन्न बैंकका प्रमुख, सामाजिक अभियन्ता लगायतको सहभागिता रहेको थियो । ‘हामीले सामाजिक क्षेत्रका परोपरकारी ढंगले काम गर्दै आएका छौं, यसले गरिबलाई अझ ठूलो राहत हुनेछ,’ अध्यक्ष दाहालले भने, ‘सबै मिलेर सामाजिक काममा हातेमालो गर्ने हो भने समाजमा ‘जिउँदै मरेका’ गरिब र असहायले जीवन पाउँछन् ।’

 

प्रकाशित: २ वैशाख २०७६ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App