अन्य

नागरिककर्मी महर्जन पुरस्कृत

काठमाडौं – नागरिककर्मी राकेश महर्जनले आफ्नो शोधको निम्ति सत्यहेरा अनुसन्धान सिरपाः (पुरस्कार) प्राप्त गरेको छ।‘भृकुटी उपन्यासमा ऐतिहासिक तत्व’ शीर्षकको शोधको निम्ति यस वर्ष (नेसं ११३९)को सो पुरस्कार महर्जनले जितेको हो। नेपालभाषामा गरिएका अनुसन्धान, शोधहरुबीच प्रतिस्पर्धा गराई वार्षिक रुपमा सो पुरस्कार दिइँदै आइरहेको छ। नेपालभाषामा स्नातकोत्तर (एमए)को निम्ति त्रिभुवन विश्वविद्यालय, नेपालभाषा केन्द्रीय विभागलाई बुझाइएको उक्त शोधमा उपन्यासकार धर्मरत्न यमिको कृतिमाथि वस्तुगत विश्लेषण गरिएको छ।

मुख्य अतिथि सांसद कृष्णगोपाल श्रेष्ठ एवं पुरस्कार दाता उजेली डंगोलले महर्जनलाई सो पुरस्कार प्रदान गरेको थियो। पुरस्कृत शोध पुस्तकको रुपमा पनि सार्वजनिक भएको छ। नेपालभाषा केन्द्रीय विभाग, पाटन क्याम्पसमा सम्पन्न एक कार्यक्रममा उक्त पुरस्कार दिइनुका साथैपुस्तकको विमोचन पनि गरिएको थियो।

नेपालभाषाका साहित्यकार गिरिजाप्रसाद जोशीको जन्मजयन्तीको उपलक्ष्यमा भएको सो कार्यक्रममागत वर्षको सत्यहेरा सिरपाः रबिन श्रेष्ठलाई प्रदान गरिएको थियो। कार्यक्रममा त्रिप्रसाद धौभडेलको ‘नसंफाःगु चाया वैचारिक पक्ष’, किशोर नेपालीको ‘पांगाया सायाः’, रविन्द्रराज ताम्राकारको ‘सन्ध्याटाइम्सया सम्पादकीय’ र पूर्णकुमार श्रेष्ठको ‘न्हूप्रेस्टिज नेपाःया च्वसु सर्वेक्षण’ पुस्तकहरु पनि विमोचन गरिएको थियो। विभागका प्रमुख ओमकारेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद नरोत्तम वैद्य, नेवाः देय् दबूया अध्यक्ष नरेश ताम्राकार, वल्र्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठको पनि उपस्थिति थियो।

प्रकाशित: २६ चैत्र २०७५ ०५:४२ मंगलबार

नागरिककर्मी पुरस्कृत