अन्य

चल्तीका टिनएजर ड्रेसअप

समय फेसनको छ, उमेर अनुसार जो कोहि पनि फेसन गर्न रुचाउँछन्। शहरीया युवापुस्तामा फेसन फलो गर्ने ट्रेन्ड निकै बढेको देख्न सकिन्छ। बजारमा आएको फेसन फलो नगर्ने साएदै केहि होलान्।  नेट– इन्टरनेटको माध्यमबाट होस् या कुनै सेलीब्रेटिले लगाएको पहिरन किन नहोस् फेसन फलो गर्नेहरुको जमात निकै फराकिलो रहेको छ। अहिले भने बजारमा अफ सोल्डर फेसन निकै चलेको छ। बिशेषत स्प्रिङ् सिजनको आगमन संगै यो फेसन निकै चलेको व्यापारी बताउँछन्।

चल्तीका केहि फेसनहरु
सुस्मिता कार्की प्लस टु की विद्यार्थी हुन्। उनी ओभर साइज जिन्स्       ज्याकेट लगाउँछिन्। समय अनुसार फेसन गर्न मनपराउँने उनी भन्छिन्, ‘म प्रायः ओभर साइजका लुगाहरु लगाउँन मनपर्छ, जिन्सको ज्याकेट बिशेष लगाउँछु।’ गाडा निलो रंगको ओभर साइज जिन्स ज्याकेट लगाउँने फेसन निकै चलेको उनी बताउँछिन्। ‘मलाई कुल ड्रेस अप मन पर्छ, समरमा कुल लुक्स् नै अरु भन्दा फरक हुन्छ।’

ओभर साइज ज्याकेट हिजो आज निकै चलेको छ। यो युनिसेक्स् कलेक्सनको रुपमा टिनएज गुरुपले प्रयोग गरेको पाइन्छ। भक्तपुरस्थित सज्ञन स्टाइल कलेक्सनका सञ्चालक हुन्, सौरभ रत्न शाक्य। बिगत ३ वर्ष देखि बिभिन्न फेसनेबल रेडिमेड वयरका कलेक्सनका व्यापारी उनी भन्छन्, ‘हिजो आज आफ्नो लागि आफै किन्न आउँने ट्रेन्ड निकै चलेको छ, रोजाई र इच्छा अनुसार किन्न आउँनेमा ग्राहकहरुमा टिनएज नै धेरै छन्।’ अचेलका  टिनएजलाई  फेसन प्रति निकै चासो भएको उनी बताउँछन्।  

ओभर साइज जिन्स् ज्याकेट जो कोहिलाई पनि निकै कुल देखाउँने ड्रेसअप हो। ठ्याक्कै मान्छेको साइज भन्दा ठूलो हुने भएकाले यस जिन्सको ज्याकेटलाई ओभर साइज ज्याकेट भनिएको शाक्यले बताए। प्राय युनिसेक्सको कलेक्सनमा पर्ने यो ज्याकेट धेरै जसो १४ देखि २५ वर्ष सम्मका टिनएजले लगाउँने उनले बताए। जिन्स पेन्ट, सर्टस्, क्वाटर पेन्ट, जमसुट, लंग ड्रेस लगाएत हरेक पहिरनमा सुहाउने भएकाले माग धेरै रहेको उनले बताए।

बजारमा ओभर साईज जिन्स ज्याकेट प्रायः तीन थरीमा उपलब्ध छ। हार्ड जिन्स् ज्याकेट, ग्रन्ज जिन्स् ज्याकेट र प्लेन जिन्स् ज्याकेट गरी चल्तीमा तिन प्रकारका ज्याकेट रहेको शाक्य बताउँछन्। ‘जसमा धेरैको रोजाइमा पर्ने प्लेन (सादा) जिन्स् छ, कसैले ग्रन्ज जिन्स पनि लगाउँन रुचाउँछन् ’ उनले भने। चिसो र गर्मी दुबै महिनामा लगाउँन सकिने भएर प्रायः सबै मौसममा फेसनमा आइरहने उनी बताउँछन्।  

अफ सोलडर जमसुट    
काठमान्डौंका पसलहरु अफ सोल्डर जमसुटले भरिभराउ रहि सज्जिएको देखिन्छ। बिशेष शहरि युवतीहरुको रोजाइमा परेको जमसुटमा अफ सोल्डर निकै चलेको व्यापारी बताउँछन्। हरेक टप्स् कल्लोथिङमा निकै चलेको अफ सोल्डर फेसन युवतीहरुको रोजाइमा रहेको अनुभब उनले सुनाए। रिना मूललाई अफ सोल्डर डिजाइन्को ड्रेस लगाउँन मन पर्ने उनी बताउँछिन्। ‘उमेरका युवतीहरुको रोजाइमा रहेको अफ सोल्डर ब्लाउँज, टिसर्ट, कुर्ता लगाएत हरेकका यो फेसन चलेको छ’ उनले भनिन्।  

समय अनुसार युवापस्तामा फेसनको सेन्स् निकै रहेको छ, हरेकलाई युनिक र मोर्डन ड्रेसअपमा सजिन मनपराउँने उनले बताइन्। बिभिन्न सेलिब्रेटिहरुले लगाएको कारण बिशेष चल्ने उनले बताइन्। ‘यता त भारतीय गायिका नेहा कक्कडले लाएपछि निकै चलेको हो, अधिकांश युवतीहरुले अफ सोल्डर डिजाइन मनपराएका हुन्’ उनले भनिन्। अफ सोल्डर किन्न आउँनेले, डमीलाई लगाएको छैन भने, नेहा कक्कडले लगाए जस्तो भनी किन्न आउँने गरेको उनी अनुभब सुनाउँछिन्। बिशेष गरि गाडा खैरो, निलो र कालो रंग लगायत गाढा रंगमा निकै चलेको उनले बताइन्।

क्रप्ट् टिर्सट
बजारमा चलेकका फेसनहरु मध्य क्रप टिसर्ट हरेक युवतीहरुको रोजाईमा परेको भक्तपुरकी व्यापारी विन्दु याकमी बताउँछिन्। उनले लेडिज रेडिमेड कलेक्सन्को व्यापार गरेको १० वर्ष भइसकेको छ। बिशेष गर्मी मौसमको सुरुवातपछि अधिकाशंको रोजाईमा क्रप टिर्सट रहेको उनले बताइन्। ‘हामी कहाँ क्रप टिर्सटहरु धेरै थरि रहेछन्, स्प्रिङ सिजनमा फ्लोरल प्रिन्टेड बेसी जान्छ।’ धेरैको रोजाइमा माथि क्रप भएका टिसर्ट छन् भने कुसैको फुल टिसर्टमा क्रप भएको डिजाइन चलेको उनले बताइन्। बिगतको तुलनामा अहिले वर्षमा हाफ क्रप्ट टिसर्ट चल्तीमा रहेको उनले बताइन्। ‘क्रप्ट टिसर्ट हरेक आउट फिटमा सुहाउँने भएर नै बिशेष टिनएजरको माग बढेको हो’ उनले भनिन्।  क्रप्ट् डिजाइन् टिसर्टमा मात्र नभएर पार्टि वयरका ड्रेसहरुमा पनि निकै चलेको उनले बताइन्। बिशेष गरी ग्रे, सेतो, कालो, पहेँले र रोयल ब्लुका रंगहरु बिक्रि हुने उनी बताउँछिन्।

शर्मिला त्वानाबासुले प्राय आउटफिटको लागि पेन्ट र टिसर्टको पयोग गर्छिन्। दैनिक वाउटफिटमा प्रयोग गरिने टिसर्टमा क्रप्ट् लगाउँने उनी बताउँछिन्। उनी भन्छिन्, ‘क्रप्ट टिर्सट एउटा मात्र फेसनमा नभएर बिभिन्न लुगामा लगाउँन सकिन्छ, मल्टी यूज गर्न सकिन्छ, स्कट, प्यान्ट, अलादिन लागाएत सर्टस्मा पनि लगाउँदा फेसनेबल देखिन्छ।’ सामाजिक संजालमा क्रप्ट टिसर्टको मल्टिपल प्रयोग गरेको देखे पछि एक हजार रुपैयाको कालो रंगको क्रप्ट टिर्सट किनेको उनले बताइन्। सामान्यतायः क्रप्ट टिर्सटको मूल्य पसल र क्यालिटी अनुसार फरक – फरक रहेको व्यापारी बताउँछन्। एउटा क्रप्ट टिसर्टको मुल्य रुँपैया ८ सय देखि १ हजार ५ सय सम्म पर्ने व्यापारी बताउँछन्।

मम्स् जिन्स पाइट
अहिलेको जिन्स फेसनमा क्लासिक जिन्सले बजारको धेरै भाग ओगटेको छ। ब्ल्यु रंगको जिन्स्का पेन्टहरुले बजार भरिभराउँ देख्न सकिन्छ। अधिकाशं युवाहरुको रोजाइमा व्लु जिन्स पाइट परेको व्यापारी बताउँछन्। कट जिन्स्, गञ्ज जिन्स, प्यारालाल जिन्स र मम्स् जिन्स पेन्ट निकै चलेको फेसन रहेको व्यापारी बताउँछन्।

सफ्ट जिन्स र हार्ड मम्स् जिन्स पाइट चाहि अधिकांश युवतीहरुको रोजाइमा पर्ने उनले बताइन्। प्लेन जिन्स पाइट र ग्रन्ज मम्स् जिन्स् पाइटको माग बजारमा धेरै रहेको व्यापारी रामराजा कार्की बताउँछन्। उनी भन्छन्, ‘बिशेष युवतीहरुको रोजाइमा ह्याब्बी ग्रन्ज मम्स् जिन्स पाइट र प्यारालाल प्यान्टको डिजाइन् खोज्न आउने गर्छन्।’ मम्स् जिन्स पाइटमा पनि अघाडि तुना भएको, साइडमा जिन्स् प्रिन्टेड भएको, कट भएको जिन्स् प्यान्ट चल्तीमा रहेको उनले बताए।

किनेकी पुष्पा बासुकलाले अहिले चलेको मम्स् जिन्स पाइन्ट लगाउँछिन्। ‘मलाई मम्स् प्यान्ट हलिउड म्युजिक भिडियोमा लगाएको देखेपछि मनपर्यौ अनी लगाए’ उनले भनिन्। अन्य जिन्समा भन्दा तुना भएको जिन्स् आकर्षित र युनिक देखिने भएकाले लगाएको उनले बताइन्। उनी भन्छिन्, ‘मम्स् पाइट लगाउँदा त फेसनेबल मात्र नभएर सहज र आरामदायीको लागि लगाउँन उनले सुझाइन्। ठुलो र ह्वाङ्लो भएकाले लगाउँदा सहज हुन्छ, बिशेष गर्मी मौसममा पसिना आउँने समस्या नहुँने उनले बताइन्। ‘चुज प्यान्टमा जस्तो असहज र अफ्ट्यारो हुँदैन्, क्रप्ट टिर्सटमा ओभर साइज जिन्सको जाकेट लगाउँदा स्टाइलीस् र युनिक देखिन्छ’ उनले भनिन्। 

प्रकाशित: १८ चैत्र २०७५ ०८:११ सोमबार

फेसन टिनएजर ड्रेसअप