अन्य

रानीपोखरीको कुनामा लुकेको ‘म्युजिकल फाउन्टेन’

रानीपोखरी र यसभित्र ठडिएका स–साना ऐतिहासिक संरचना संरक्षणको विषय पछिल्लो समय छताछुल्ल बन्यो । पुनःनिर्माण गर्दैगर्दा स्थानीयवासी, सम्पदाप्रेमी, सरकारी कर्मचारी र संस्कृतिविद्हरू अवलोकन गर्न त्यहाँ धेरै पटक पुगे । उनीहरूले त्यसभित्रका स–साना संरचनाको सोधीखोजी र अध्ययन पनि पटक–पटक गरे। तर, बारम्बार पुगिरहँदा पनि रानीपोखरीको दक्षिणतर्फको एक कुनामा भने कसैले नजरै लगाएनन्। त्यही कुनामा सुकेको घाँस र तारले जेलिएर लुकेको छ, रानीपोखरीको अर्को बहुमूल्य सम्पत्ति ‘म्युजिकल फाउन्टेन’ । पाइपै पाइप र त्यसलाई ‘फिट’ गर्ने मेसिनसहित त्यहाँ छरपस्ट अवस्थामा छन् । हेर्दा गोलार्धजस्तै देखिने जीर्ण अवस्थामा रहेको ‘म्युजिकल फाउन्टेन’ रानीपोखरी इतिहासको अर्को साक्षी हो । यसलाई नेपालीमा ‘म्युजिकल झरना’ पनि भन्ने गरिन्छ।

पाइपै पाइप र त्यसलाई ‘फिट’ गर्ने मेसिनसहित त्यहाँ छरपस्ट अवस्थामा छन्। हेर्दा गोलार्धजस्तै देखिने जीर्ण अवस्थामा रहेको ‘म्युजिकल फाउन्टेन’ रानीपोखरी इतिहासको अर्को साक्षी हो । यसलाई नेपालीमा ‘म्युजिकल झरना’ पनि भन्ने गरिन्छ।

रानीपोखरीमा पानी रहुन्जेल यसले झरना वा मूलले जस्तै बाहिर पानीका ‘छहरा’ फ्याकिरहन्थ्यो । यसलाई हेर्न आउनको भीड पनि उत्तिकै हुन्थ्यो । तर, अहिले यो म्युजिकल फाउन्टेन धेरैको स्मृतिबाट हटिसकेको छ । ‘भूकम्पयता यो म्युजिकल फाउन्टेन यही छ, खियैखियाले भरिएको अवस्थामा । यसलाई संरक्षण गर्न कसैको नजर पुगेन,’ आइतबार रानीपोखरीको अवस्था नियाल्न पुगेका विश्वमणि पोख्रेलले भने, ‘उतिबेलाको जमानामा पनि रानीपोखरीको पानी यसरी झरनाजस्तै बनाएर बगाइन्थ्यो भन्ने प्रमाण हो यो, त्यसैले यसको संरक्षण सबैले गर्न जरुरी छ ।’ उनका अनुसार ऐतिहासिक पोखरी र पानी जम्मा गरेको ठाउँलाई सुन्दर बनाउन र पानी सफा राख्नका लागि यस्तो तरिक अपानाइन्छ । ‘अरु देशमा यस्तो किसिमको झरना धेरै प्रयोग भएको भेटिन्छ, रानीपोखरीमा जडान गरिएको म्युजिकल फाउन्टेन अहिलेको जमानाको होइन,’ उनले थपे, ‘यो धेरै पुरानो हो, यसको पनि ऐतिहासिक महŒव नै छ, त्यसकारण यसको संरक्षण हुनुपर्छ।’ 

अहिले यो बहुमूल्य म्युजिकल फाउन्टेन बेवारिसे अवस्थामा छ । डोजरले वरपरका सबै भग्नावशेष पन्छाएको छ । तर, म्युनिकल फाउन्टेनलाई कहाँ कसरी संरक्षण गर्ने भन्नेबारे कसैलाई जानकारी छैन।

रानीपोखरी पुनःनिर्माणको काम थालिए पनि यसको संरक्षणमा कसैको नजर पुगेको छैन । भूकम्पअघि यो झरना रानीपोखरीको बीच भागमा थियो । विद्युतीय माध्यमबाट झरनाले रानीपोखरीमा पानीका छहरा फाल्थ्यो । रानीपोखरी सुकेसँगै म्युजिक फाउन्टेन प्रयोगविहीन अवस्थामा छ।

उपनिवेशको बेलामा ब्रिटिस र नेपाली इन्जिनियरले यसलाई जडान गरेका थिए । ‘यसबारे त्यति धेरै जानकारी छैन,’ पुरातत्वविद् विष्णुराज कार्कीले भने, ‘उपनिवेशको समयमा ब्रिटिस र नेपालका केही इन्जिनियर मिलेर रानीपोखरीमा म्युजिक फाउन्टेन जडान गरेका थिए, त्यतिबेला यो निकै प्रयोगमा आएको पनि थियो । तर, अहिले यसको महŒव कसैले बुझेनन् ।’ 

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०५:३८ सोमबार

रानीपोखरी ऐतिहासिक_संरचना पुनःनिर्माण म्युजिकल_फाउन्टेन