पुसको अन्तिम साता शंखरापुर नगरपालिका–३ मा रहेको ६५ वर्षीय भीमबहादुर तामाङको आँगनमा पुग्दा पाँच वर्षीय सञ्चिप तामाङ हजुरबुबाले कोक्रो बुनेको नियाल्दै थिए। उसै पनि काठमाडौको दुर्गम क्षेत्र मानिन्छ, जर्सिङपौवा। त्यहीँ रहेको तामाङको घरमा आधुनिकताले छोएजस्तो पटक्कै देखिँदैन। भीमबहादुरका कान्छा छोराको जर्सीङपौवामा भात–होटल छ। सञ्चिप प्रायःत्यही होटलमा बस्छन्। र, पढ्छन्। शनिबारको दिन भएकाले ऊ हजुरबुबा र हजुरआमाको घरमा आएको हो। बिदाको दिन पारिलो घाममा बसेर सञ्चिपको दिनचर्या नियाल्दा निकै खुसी मिल्थ्यो।
हजुरबुबाले आँगनमा बसी आफन्तको लागि बाँसको कोक्रो बुनिरहेका थिए। यो नियाल्दै गर्दा सञ्चिपको अनुहार निकै उज्यालो हुन्थ्यो। त्यसो त सञ्चिप पनि भर्खरै कोक्रोबाट जमिनमा ओर्लेको हो। तर, अहिले ऊ कोक्रो उचालेर हिँड्न सक्ने भइसक्यो।
बच्चालाई कोक्राले बोकेको मात्र होइन, बच्चाले कोक्रो बोकेको दृश्य पनि निकै रमाइलो देखिँदो रहेछ। भीमबहादुरको तामाङको आँगनमा पनि यो दृश्य निकै लोभलाग्दो देखियो।सञ्चिपका दाँत निकै सफा र मिलेका रहेछन्। उसले धेरै चक्लेट खाने बानी नरहेको हजुरआमा भीममाया तामाङले सुनाइन्। सञ्चिप उखु भने निकै मन पराउने उनले सुनाइन्। उखुको लाक्रो काँधमा राखेर सञ्चिप हाँस्दै गरेको यो तस्बिरले उखुसँगको उसको खुसी वर्णन गर्थ्याे ।
त्यसो त सञ्चिप पनि भर्खरै कोक्रोबाट जमिनमा ओर्लेको हो। तर, अहिले ऊ कोक्रो उचालेर हिँड्न सक्ने भइसक्यो। बच्चालाई कोक्राले हल्लाएको मात्र होइन, बच्चाले कोक्रो हल्लाएको दृश्य पनि निकै रमाइलो देखिँदो रहेछ।
नाति आँगनमा बसेर उखुको रस निल्दै गर्दा भीमबहादुर र उनकी श्रीमतीको अनुहार पनि रसिलो देखिन्थ्यो। वैदेशिक रोजगारीको सिलसिलामा युवाहरू घरभन्दा निकै टाढा जाने लहरकाबीच भीमबहादुरका सन्तान भने गाउँघरमै सके–जानेको उद्यम गर्दैछन्। बुढेसकालमा आफ्ना सन्तान आँगनमा देख्न पाउँदा निकै खुसी लागेको उनीहरू सुनाउँथे।
जर्सिङपौवाको सुन्दर वातावरणमा ‘म्हेमे–कोन’ रमाएजस्तै वैदेशिक रोजगारीको पीडामा उदास आम नेपालीहरू घर–आँगनमा कहिले रमाउने होला !
सञ्चिप हजुरबुबालाई ‘म्हेमे म्हेमे’ भन्दै बोलाउँथे। हजुरआमालाई माम भन्थे। उनीहरूचाहिँ नातिलाई ‘कोन’भन्दै बोलाउँथे। जर्सिङपौवाको सुन्दर वातावरणमा ‘म्हेमे–कोन’ रमाएजस्तै वैदेशिक रोजागारीको पीडामा उदास आम नेपालीहरूे घर–आँगनमा कहिले रमाउने होला !