अन्य

उन्मुक्ति

रजिना पाण्डे

निरजसँग बिहे हुने पक्का भएपछि म निकै खुसी थिएँ। आखिर नयाँ जिन्दगी सुरु गर्न पाउँदा को नै पो दंग नहोला र। त्यसमाथि आकर्षक व्यक्तित्व र आर्थिक रूपले सम्पन्न परिवारको व्यक्तिलाई जीवनसाथीका रूपमा पाउँदै थिए। मलाई लागेको थियो– अबको जीवन सुखमय हुन्छ। त्यसैले पनि म यो सम्बन्धप्रति खुसी थिएँ।

मैले अहिलेसम्मको जीवन अभावैअभावमा बाँच्नुपरेको थियो। परिवारको आर्थिक स्थिति त्यति राम्रो थिएन। आमा बुबा बूढा हुनुहुन्थ्यो। परिवारको सबै जिम्मेवारी जेठो दाइले सम्हालेका थिए। एकै जनाले परिवारको जिम्मेवारी धान्नुपरेपछि घरखर्च धान्न हम्मेहम्मे थियो। यस्तोमा भाउजूको किचकिचले झन् जिन्दगी तनावग्रस्त बनेको थियो।

आफू परिवारको बोझ बनेकोझैं लाग्थ्यो। सानो दाइलाई त पुख्र्याैली सम्पत्ति दाइजोमा सकिन्छ भन्ने चिन्ता थियो। यही भएर पनि होला, ममा बिहे हुने कुराले उमंग देखिएको। मन चंगाजस्तै बनेको थियो। बिहे पक्का भएको केही दिनमै निरज मलाई भेट्न घरमै आउने जानकारी पाएँ। म निकै खुसी भएँ।
निरज एक्कासी मेरो सामुन्ने देखेपछि म झसंग भएँ।
‘कस्तो छ नेहा ?’ निरजले भन्यो।
‘ठिकै छ।’ मैले जवाफ फर्काएँ।

ऊ मेरो छेउमा बस्यो। र, मेरो शरीरलाई देब्रे हातले सुम्सुम्याउन थाल्यो। उसको व्यवहार अचम्म लागे पनि मलाई रमाइलो अनुभव भइरहेको थियो। म पहिलोपल्ट नयाँ गन्धको अनुभूति गर्दै थिएँ। हामी दुई गफ गरिरहेका थियौं। ऊ घरी मेरो शरीरमा छुन्थ्यो त घरी कपाल सुम्सुम्याउँथो। गाला पनि चिमोट्थ्यो। ओठ र आँखाको वर्णन पनि गथ्र्याे।
लाग्थ्यो– ऊ ममाथि रजाइँ गरिरहेको छ। उसलाई मेरो इच्छा–चाहनाको कुनै परवाह थिएन। ऊ आफै मग्न थियो।  सिकारीले सिकार भेटझैं उसले पनि मलाई पासोमा बाँधेको थियो। ऊ छामछुममै मग्न थियो। तर, पनि म सुखद् र माधुर्यको अनुभूति गरिरहेको थिएँ। लाग्थ्यो– ऊ मेरो संसार हो।

ऊ मलाई आफ्नो बसमा पार्न चाहन्थ्यो। त्यसैले ऊ मलाई होटलमा नै रोक्न चाहन्थ्यो। यसका लागि उसले प्रयास पनि गर्यो। तर, मैले मानिनँ। म जुरुक्क उठें। र, सल च्यापेर लम्किएँ। मलाई सिकारबाट जोगिएको आभास भयो।

केही बेरपछि ऊ घरबाट निस्क्यो। ‘तिमीसँग मैले धेरै कुराहरू गर्नु छ। पर्सी एकान्तमा भेटौं है।’ घरबाहिर पुगेपछि उसले भन्यो। र, गाडी दौडायो। म जिल्ल परें। फोनमा पनि ऊ आफ्नै मात्रै कुरा गथ्र्याे। ऊ प्रायः सम्बन्धका कुरा गथ्र्याे। यसले मलाई मिठो आभास गराउँथ्यो। रमाइला र यौनका पनि कुराले मलाई झस्काउँथो। उसका केही कुरा बुझ्नै सकिँदैनथ्यो। बेला न कुबेला फोन गर्ने। आफ्नै बढी तारिफ गर्ने। वाहियाद कुरा गरेर खिसी गर्ने।

निरजको यो व्यवहारले आफू अपमानित भएको महसुस गर्थे। तर, पनि म उसको कुरा सुन्थें। म कुनै प्रतिक्रिया दिँदैनथें। मलाई आफ्नो सम्बन्ध जजोडिँदै टुट्छ भन्ने लागेको थियो। सम्बन्ध टुट्यो भने परिवारको बदनाम हुन्छ भन्ने मलाई डर थियो। उसको स्वभाव र व्यवहारले आफू तिरस्कृत भएको महसुस गर्थें। खेल खेल्नुअघि नै आफू हारेको महसुस भइरहेको थियो। मन रोइरहेको हुन्थ्यो। लाग्थ्यो– ऊ मेरो हारमा रमाएको छ।

एकदिन उसले मलाई फोन गरेर भन्यो, ‘आज होटलमा बसेर रमाइलो गरौं। ल आधा घन्टामा आऊ, म कुरिरहेको छु। लेट गरेको मलाई मन पर्दैन।’ मैले भने, ‘जीवनको महत्वपूर्ण बन्धनमा बाधिँदै छौं। कतै मन्दिर जाऊ र भगवानको दर्शन गराैं न। मैले भाकल पनि गरेको छु।’ मेरो कुरा सकिन नपाउँदै ऊ आक्रोसित बन्यो।

‘होटलमा रमाइलो गरौं भनेको पो हो। मन्दिर जाऊ भन्या हो र,’ ऊ रिसायो। उसले नानाथरी सुनाउन थाल्यो। त्यसपछि म निरीह बनेर उसकै पछि लागें। निरजको व्यवहारले म निकै दुःखी थिएँ। ‘कस्तो नास्तिक मान्छे भगवानलाई सम्झन पनि नखोज्ने आँखा अगाडि मन्दिरको बाटो काटेर पहिले होटेलमा रमाइलो गरौं भन्छ,’ मैलै मनमनै सोचे।

ऊ बिहेअघि नै मेरो शरीरमाथि विजय पाउन चाहन्थ्यो। ऊ वर्षाैदेखि भोकलाई बुझाउन चाहन्थ्यो। हाम्रो बिहेको साइत एक महिनापछि थियो। तर, ऊ अहिलेदेखि नै मेरो शरीरमाथि अधिकार जमाउन खोज्दै थियो। त्यति मात्र होइन, ऊ मप्रति अधिकार जमाउन थालिसकेको थियो। ‘घरमा मलाई मनपर्ने खाना बन्नुपर्छ। बिहेपछि मेरो इच्छाअनुसारको कपडा लगाउनुपर्छ। मेरो साथीको श्रीमतीहरू वाइन खान्छन्, तास खेल्छन्, माहोल रंगीन बनाउँछन्,’ ऊ भन्ने गथ्र्याे।
‘घरको खानेकुरामा रुचि अनुसारको स्वाद दिन सकिएला। तर, व्यक्तिको रुचि कसरी जान्नु। म होटलको मेन्यु त होइन नि,’ म सोच्थे।

होटलमा पुगेपछि ऊ मलाई झम्टने प्रयास गरिरहेको थियो। बैंकको क्यासियर भएकाले पनि होला, मलाई बैंक र उसको लक्ष्य एउटै छ जस्तो लाग्थ्यो– थोरै दिने, धेरै लिने। र, दिन नसके लिलामी।

ऊ मेरो छेउमा बस्यो। र, मेरो शरीरलाई देब्रे हातले सुम्सुम्याउन थाल्यो। उसको व्यवहार अचम्म लागे पनि मलाई रमाइलो अनुभव भइरहेको थियो। म पहिलोपल्ट नयाँ गन्धको अनुभूति गर्दै थिएँ।

कहिलेकाहीँ लाग्थ्यो– ऊ वितृष्णा भएको मान्छे हो। सोच कमजोर र बुझ्नै गाह्रो भएको मान्छे थियो ऊ। म उसको व्यवहार हेरिरहन्थे। उसको कुरा एकमनले सुुनिरहन्थे। ऊ अरुको इच्छाको परवाह गर्दैनथ्यो, केबल आफ्नो इच्छा मात्रै जताउँथ्यो।

उसले भन्यो, ‘तिमी कति भाग्यमानी है। मलाई श्रीमान्कारूपमा पाउँदैछौ। मसँग सबैथोक छ। त्यसैले पुरुष हुनुमा घमन्ड पनि छ। मलाई नेता तथा डाक्टरले पनि छोरी दिन खोजिरहेका थिए। तर, म लोभ गर्ने मान्छे होइन। त्यसैले सामान्य परिवारकी छोरी खोजेको। तिम्रो परिवारले दाइजो त दिन्छन् होला नि। खासमा मलाई दाइजो त चाहिँदैन। तैपनि समाजलाई त देखाउनुपर्यो नि।’

मैले उसका कुरा सबै बुझे। लाग्यो– ऊ त एक व्यापारी रहेछ। मोलतोल गर्न सिपालु रहेछ। खाली आफ्नो मात्रै फाइदा खोज्छ। न प्रेम न सम्बन्ध। त्यसैले यस्ता मान्छेसँग जीवन बिताउन गाह्रो हुन्छ। उसँग सम्बन्ध टुटेपछि समाजले गर्ने व्यवहारबारे डर थियो मलाई। तर, पनि उसँग छुटकारा पाउन चाहान्थे। त्यसैले ऊसँगको सम्बन्ध नजोड्ने निर्णय गरे। र, घर फर्कने निर्णय गरे।

ऊ मलाई आफ्नो बसमा पार्न चाहन्थ्यो। त्यसैले ऊ मलाई होटलमा नै रोक्न चाहन्थ्यो। यसका लागि उसले प्रयास पनि गर्यो। तर, मैले मानिनँ। म जुरुक्क उठें। र, सल च्यापेर लम्किएँ। मलाई सिकारबाट जोगिएको आभास भयो। मलाई पिजडाबाट छुटकारा पाएको पन्छीझैं अनुभव गरिरहेकी थिएँ। र, उन्मुक्तिको सास फेरें। को अनुभूति गरें।

प्रकाशित: १४ पुस २०७५ ०५:४१ शनिबार

रजिना_पाण्डे कथा उन्मुक्ति नयाँ_जिन्दगी