अन्य

इँटाभट्टामा पाँच लाखभन्दा बढीलाई रोजगारी

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालित इँटाभट्टामा पाँच लाखभन्दा बढी मजदुरलाई रोजगारी मिलेको छ। उद्योगीहरूका अनुसार एक इँटाभट्टा सञ्चालन गर्न झण्डै पाँच हजार मजदुर आवश्यक पर्छन्। नेपाल इँटा उद्योग व्यवसायी संघको तथ्यांक अनुसार उपत्यकामा यो वर्ष एक सय १० इँटाभट्टा सञ्चालन भएका छन्।

संघका केन्द्रीय अध्यक्ष महेन्द्र चित्रकारका अनुसार अहिले इँटाभट्टामा मजदुरहरूले काम सुरु गरिसकेका छन्। त्यसका लागि देशभरबाट मजदुरहरू उपत्यकामा आएको उनले जानकारी दिए। उनका अनुसार बढीजसो पश्चिम नेपालका दाङ, रोल्पा, रुकुम, सल्यान, प्युठान, सुर्खेत लगायत एक दर्जन बढी जिल्लाका मजदुर उपत्यकाका इँटाभट्टामा काम थालिसकेका छन्।

उपत्यका आसपासका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाका विभिन्न ठाउँबाट पनि कामदारहरू आउने गर्छन्। व्यवासायीहरूका अनुसार मसिर दोस्रो हप्तादेखि इँटाभट्टामा काम सुरु भएको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालित इँटाभट्टामा पाँच लाखभन्दा बढी मजदुरलले रोजगारी पाएका छन्।

इँटाभटामा काचो इँटा पार्न, बोक्ने मजदूरहरू प्रायः परिवारसहित बसेका हुन्छन्। उनीहरू इँटाभटामै आफूहरूले पारेको काँचो इँटाबाटै छाप्रो (झ्याउली) बनाएर परिवारसहित बसेका हुन्छन्। उपत्यकामा सवैभन्दा बढी उद्योग भक्तपुरमा छन्। यहाँ यस वर्ष ६२ उद्योग चलेको संघको तथ्यांक छ। भक्तपुरबाहेक काठमाडौं, ललितपुरमा पनि इँटाभट्टा सञ्चालित छन्।  

मजदुर अभाव
व्यवसायीहरूका अनुसार इँटाभट्टामा काम गर्ने मजदुर अभाब छ। राम्रो कमाई हुने भए पनि मजदुरी गर्न नचाहेर कामदार अभाव हुने गरेको व्यवसायीहरूको भनाई छ। व्यवसायी रामप्रसाद प्रजापतिका अनुसार कामदार अभाव हुने भएकाले कामदारहरूलाई प्रति इँटाभट्टा ३५ देखि ४० लाखसम्म पहिला नै पेश्की दिएका हुन्छन्। मजदुर ल्याउने ठेकदारमार्फत पेश्की दिएका हुन्छन्। उपत्यकामा सञ्चालनमा रहने यी इँटाभट्टा बाह्रै महिना सञ्चालन हुँदैनन्। प्रत्येक वर्ष हिउँंदमा मात्रै सञ्चालन हुन्छन्। गहुँ रहने सिजनमा मात्रै इँटाभट्टा चल्छन्। प्रत्येक वर्ष धान काटिसकेपछि ६ महिनासम्म यहाँ इँटाभट्टा सञ्चालन हुन्छन्।

यसरी तयार हुन्छ इँटा
सुरुमा माटोलाई इँटाको साइज दिएर तयार पारिन्छ। त्यो इँटाको साइज सुकेर तयार भएपछि भट्टामा राखेर पोलिन्छ।

प्रकाशित: १३ पुस २०७५ ०५:५६ शुक्रबार

काठमाडौं_उपत्यका इँटाभट्टा मजदुर रोजगारी