अन्य

भक्तपुरमा रासायनिक मल अभाव

किसानहरूको जिल्ला भनेर चिनिने भक्तपुरमाा रासायनिक मल अभाव देखिएको छ । गहुँं छर्ने सिजनमा मल अभाव भएपछि किसान चिन्तित छन् । मल अभावले गहुँं छर्न ढिलाई भएको उनीहरूको गुनासो छ । प्रत्येक वर्ष बाली लगाउने समयमै हुने मल अभाव हुने गरेको उनीहरू बताउँछन्।

भक्तपुरका सत्यमाया कवाँ प्रत्येक वर्ष हुने मल अभावले आफूहरूलाई हैरान पारेको बताइन् । ‘स्वदेशमै रासायनिक मल उत्पादन गर्ने कारखाना भएको भए यस्तो अवस्था आउँदैनथ्यो होला,’ उनले भनिन्।  

अर्का किसान रामभक्त खर्वुजाले प्रत्येक वर्ष समस्या भइरहँदा पनि सरकारले यसप्रति बेवास्ता गरेको दुखेसो पोखे । उनले कमिसनका कारण कृत्रिम अभाव सिर्जना गरिएको भन्ने सुनेको बताए । ‘यसप्रति सरकार संवेदनशील नहुँदा समस्या ज्यूँकात्यँु छ,’ उनले भने।

यहाँका सहकारी संस्थाले किसानहरूलाई मल वितरण गर्दै आएका छन् । उनीहरूले आफ्ना सदस्यहरूलाई प्राथमिकता दिई मल बिक्री गर्छन् । तर, यस वर्ष आफूहरूसँगै मल नभएको सहकारी संस्थाहरूले जनाएका छन्। 

भक्तपुरमा चार नगरपालिका छन् । तीमध्ये सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा प्रशस्त मात्रामा खेतीयोग्य जमिन छ । त्यस क्षेत्रमा गहुँखेती पनि हुने गरेको छ।

गहुँको बीउ वितरण
भक्तपुर नगरपालिकाले नगरका किसानलाई गहुँको बीउ वितरण गरेको छ । वडा कार्यालयहरूमार्फत् वडाका किसानहरूलाई बीउ वितरण गरिएको हो । बीउ किन्न किसानले जग्गाधनी प्रमाण पूर्जा राख्नुपर्छ । प्रमाणपूर्जा नभएकालाई बीउ उपलब्ध नगराइने नगरपालिकाले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७५ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App