अन्य

म त रातै टीका लाउँछु : सुवास नेम्वाङ

दसैं, तिहारलगायतका चाडपर्वमा टीका लगाउँछु । म रातो टीका लाउँछु । जमरा लाउँछु । 

मेरी श्रीमती साह्रै धार्मिक भावनाको हुनुहुन्छ । मेरो छुट्टै पूजाकोठा छ । म घरबाट निस्कँदा सधैँ टीका लगाउँछु । मेरो निधार माथिको कपालमा टोपी खोल्यो भने सधैँ टीका हुन्छ । घरबाट निस्कँदा ढोकाको दायाँबायाँ भएका तामाका गाग्रीमा पैसा, राखेर बाहिरिन्छु ।

दसैँले सिंगो नेपालीलाई एकठाउँमा उभ्याउँदा नेपाली समाज एकताबद्ध हुन्छ । नेपाली समाज सबै मिलेर बसे बलियो हुन्छ  ।
दसैँलाई व्यवस्थित तथा परिस्कृतरुपमा मनाउँदै जानुपर्छ । कतिपयले हाम्रो चाड हैन भनेर बहिष्कारको कुरा आयो । दसैं बहिष्कारको कुरा उठेको समयमा दसैँ मनाउने वा नमनाउनेबारे आफ्नो इच्छा चाहनाको रुपमा छोड्नु पर्ने मान्यता राखेको थिएँ । 

रातो र सेतो टीका लाउने कुरा सांस्कृतिक मान्यता भएकाले राजनीतिक कुरामा जोड्न हुँदैन । कहिलेकाहीँ देशको जीवनमा अप्ठेरो भएको छ  । एउटा अवस्थामा चर्को रुपमा देखा प-यो तर आ–आफ्नो सोचाइ हो । मेरा बाबुबाजेले दसैँ मानेका हुन्।

मेरा लिम्बू आमाबाबुले मलाई नेपालमा नेपालीको रुपमा जन्माए । नेपाल र नेपाली बलियो हुँदा मेरो समुदाय बलियो हुन्छ । लिम्बू समुदाय बलियो हुँदा नेपाल र नेपाली बलियो हुन्छ । जनजातिले पराजित भएकाले सेतो टीका र जित्नेले रातो टीका लाएको भन्ने अब गर्न हुन्न । (शुक्रवारसँगकाे कुराकानी)

प्रकाशित: १ कार्तिक २०७५ १४:३८ बिहीबार

सुवास_नेम्वाङ दसैं राताे_टिका