अन्य

दसैंमा दहीको सगुन

भक्तपुर–भक्तपुरमा दसैंलाई दही खाने चाडका रुपमा समेत मनाइन्छ । दसैंमा यहाँ मासु भन्दा वढी दही खाने चलन छ । दिनहुँ सगुनका रुपमा दही प्रयोग गरिन्छ ।  महाअष्टमीदेखि विजयादशमीसम्म सगुन खाइन्छ।  

स्थानीय मोहनकुमार सुवालले भक्तपुरेले दसैंमा मासुलाई भन्दा बढी जोड दहीलाई दिने सुनाए । ‘दही हाम्रो सगुन हो’, उनले भने, ‘त्यसकारण दही नभई हुँदैन । दसैंमा दैनिक साँंझ भोज खाँंदा दही अनिवार्य चाहिन्छ।’ 

दसैंमा मात्रै नभई नेवार समुदायको प्रत्येक भोजमा दही अनिवार्य हुन्छ । चाडपर्वमा मात्रै नभई विवाह, ब्रतबन्धलगायतका चाडपर्वमा पनि दही अनिवार्य हुन्छ । साथै हरेक शुभअशुभ कार्यमा नेवार समदायमा दही अनिवार्य हुन्छ । जन्म, मृत्युदेखि लिएर विदेश जाँंदा, आउँंदा लगायतका शुभअशुभ सबै कार्यमा दही अनिवार्य मानिन्छ। 

‘प्रत्येक पर्यटकलाई भक्तपुर नगर प्रवेश गराउनु अगाडि टिकटसँगै ४० रुपैयाँं पर्ने एक कप दही पनि दिन पाए कति मज्जा हुन्थ्यो !’ 

भक्तपुर जुजु धौ एशोसिएसनका अध्यक्ष कृष्णगोपाल सैंजूका अनुसार दसैंका बेला दहीको व्यापार तेव्बर वढीले हुन्छ । ‘दसैंमा यहाँंका घरघरमा भोज खान दही अनिवार्य हुने भएकाले व्यापार वढेको हो, उनले भने, ‘दसैंका बेला काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक लगायत भक्तपुरसँंग जोडिएका जिल्लाबासी पनि उत्तिकै दही लिन आउँंछन्।’ 

यही कारण दही व्यापारीलाई दसैंका बेला भ्याईनभ्याई हुन्छ।

एसोसिएसनको अनुमानमा भक्तपुरमा ६५ परिवार दही बनाउने पेशामा आबद्ध छन् । त्यसमध्ये ५० परिवार एसोसिएसनमा आवद्ध छन् । यहाँका व्यापारीले प्रतिदिन दैनिक ४० लिटरदेखि आठ सय लिटरसम्म दही बनाउँछन् । उनीहरुले विशेष गरेर भैसी र गाईको दूधबाट दही बनाउने गरेका छन्।

हराउँंदै कतारो  
भक्तपुरको जुजु धौ (दही)ले लोकप्रियता कमाउँंदै गए पनि संस्कृति भने परिवतर्न हुँंदै गएको छ । कतारोमा राखेर बनाइने दही हिजोआज प्लाष्टिकको भाँडामा राखेर बनाइन्छ । कतारो किन्ने नपाइने भएकाले बाध्य भएर प्लाष्टिकको भाँडामा राखेर दही वेच्नुपरेको व्यवसायी बताउँंछन् । कटारोको तुलनामा प्लाष्टिकमा राखेर बनाएको स्वाद उति नभए पनि बाध्य भएर प्लाष्टिकको भाँडामा दही जमाउनु परेको उनीहरुको भनाई छ । कतारोमा दही बनाएको फाटफुट मात्रै भेटिन्छन्। 

समस्या दूधको 
भक्तपुरका दही बनाउने व्यवसायीका धेरै समस्यामध्ये एउटा समस्या हो दूधको । दूध नपाउँंदा उनीहरु हैरान छन् । विशेष गरेर भूकम्पपछि दूधको अभाब देखिएको उनीहरु बताउँंछन् । गाउँंका घरहरु भत्केपछि गाईगोठमा मान्छे वस्नुपरेर गाईगोठ राख्ने ठाउँंको अभाबमा दूध पाइन छाडेको व्यवसायी बताउँंछन् । भैसीको दूधबाट दही बनाउने गरेको व्यवसायीहरुले बताएका छन् । दहीको स्वाद सवैभन्दा राम्रो भैँंसीको दूधबाट हुने उनीहरु बताउँंछन् । भैँंसीपछि गाईको दूधबाट दही बनाउने गरेको उनीहरु बताउँंछन्।

व्यवसायीका माग
भक्तपुरको परिचय दही भएकाले सरकार, स्थानीय निकायले यसको प्रचारप्रचारमा विशेष जोड दिनुपर्ने व्यवसायी बताउँंछन् । जुजु धौ एसोसिएसनका अध्यक्ष कृष्णगोपाल सैंजू स्थानीय निकायले जुजु धौको प्रबद्र्धनमा केही सहयोग गर्न विशेष ध्यानाकर्षण गराउँंछन् । भन्छन्, ‘भक्तपुर नगर भित्रिने प्रत्येक पर्यटकलाई नगर प्रवेश गराउनु अगाडि टिकट काट्दा प्रति गोटा ४० रुपैयाँं पर्ने एउटा दही पनि खान दिएको भए कति मज्जा हुन्थ्यो ।’ कुनै बेला धौबञ्जार थरका मानिसले बनाउने दही बनाउने पेशा अहिले भने धेरै थरका भक्तपुरेले बनाउने गरेका छन्। 

 

प्रकाशित: २९ आश्विन २०७५ ०५:१० सोमबार

दही दसैं